• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

नेपाली जनताको ढाड सेक्ने हतियार हो संघीयता


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • सागर केसी, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा ##

    Advertisement

    ० मङ्सिर ४ गतेको चुनावमा तपाईंको पराजयका पछाडि के कस्ता कारणहरू रहेका छन् ? अलि विस्तारमा बताइदिनुस् न ।

    – २०७९ मार्ग ४ गते आइतबारको निर्वाचनमा पराजय व्यक्तिगत रूपमा मैले मात्र होइन, सिङ्गो राष्ट्रिय जनमोर्चाले नै भोगेको हो भन्ने म बुझदछु । चुनावमा उम्मेदवार पार्टीको टिकटबाट उठ्ने वा उठाउने तर हारजित व्यक्तिको हुने ? यस्तो तौरतरिका, चिन्तन राख्ने हो भने अरू पार्टीका उम्मेदवारको श्रेणीमा मलाई संलग्न गराउन खोजिएको अर्थ लाग्ने छ ।

    चुनावमा पराजय हुनुको एउटा कारण आवश्यकताअनुरूप चुनावी प्रचारमा ध्यान दिन सकिएन कि ? सात प्रदेशमध्ये राष्ट्रिय जनमोर्चाको एक मात्र प्रदेशसभाको उम्मेदवार अर्घाखाँचीले पाएको थियो भने त जसरी पनि जित्ने योजना चाहिने थियो तर त्यस्तो हुन सकेन कि ? स्वयम् हामी संलग्न रहेको जिल्ला नेतृत्वले गठबन्धनको नियतीबारे पहिल्यै बुझन नसक्नु, कतिपय जिम्मेवार व्यक्तिहरू गठबन्धनको निर्णय कार्यान्वयनतर्फ लाग्न नसक्नु, नेताले मतदातासँग पहुँच राख्नुभन्दा आर्थिक विषयमा सबैलाई लगाउनुलगायत कारक तत्त्वहरू जिम्मेवार छन् कि जस्तो लाग्छ ।

    मकैको दानामा उम्रने बिजतत्त्व भए पो उम्रन्छ । कुनै पनि लडाइँमा जानुभन्दा पहिला योजना बनाउनुपर्ने हुन्छ । गठबन्धनको लिडरबाट विपक्ष बलियो छ भनेर मुक्तकण्ठले बोल्ने तर योजना बनाउने विषयमा गम्भीर नहुने स्थिति त्यतिखेर देखा परेको हो । आक्रामक तबरले जानुपर्ने डिफेन्सिभ पनि हुन नसक्ने स्थिति थियो । कुरा जनवादको गर्ने तर सँगसँगै त्यसलाई सडेगलेको पनि भन्ने । काम आइपर्दा आफ्नाअगाडिको भाग खोसेर अरूले लग्दासम्म जोगाउन नसक्ने जस्तो भयो व्यवहारमा । खास गरी नेपाली काङ्ग्रेसभित्र आफैमा एकता कायम हुन नसक्नुले हामीलाई मारमा पार्‍यो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को नतृत्वप्रति पूरापूर विश्वास गर्नु पनि कमजोरी नै सावित भयो । माओवादी केन्द्र र एकीकृत समाजवादीबाट बागी उम्मेदवारी परे तर त्यो समस्याको समाधान गर्ने काम समयमै हुन सकेन । त्यसले पनि असर गर्‍यो । यसलाई मनोनयन गर्नुभन्दा अगावै समाधान गर्नुपर्ने थियो।

    राष्ट्रिय जनमोर्चाको भूमिकाको बारेमा मैले माथि नै उल्लेख गरिसकेँ । साथै मेरा पनि कमी–कमजोरी अवश्य पनि रहे । त्यसकारण पराजय भोग्नुपर्‍यो । तब पनि मलाई विजयको अति नजिक पुर्‍याउने मतदाता, शुभचिन्तक, पत्रकार, शिक्षक, कर्मचारी, निर्वाचन प्रमुख, कर्मचारी र राजनीतिक दल, नेता, जनप्रतिनिधि एवम् सम्पूर्ण कार्यकर्तालाई मेरो व्यक्तिगतका साथै राष्ट्रिय जनमोर्चाको तर्फबाट ढिलै भए पनि धन्यवाद दिन चाहन्छु ।

    ० चुनावपछि अर्घाखा“चीका मतदाताहरूको तपाईंप्रतिको प्रतिक्रिया कस्तो रहेको छ ?

    – निर्वाचनपछि मतदाता मात्र होइन, शुभचिन्तकसमेत अत्यन्तै चिन्तित र निराश हुनुहुन्छ । यस सन्दर्भमा विभिन्न विचारहरू आएका छन् । हाम्रो पराजय भएको गठबन्धनको कारणले हो । गठबन्धनको जिल्लास्थित नेतृत्व परिचालन नभएकै कारण विपक्षबाट असीमित पैसाको परिचालन भयो । अर्कोतिर, नेताहरू जितिन्छ भनेर ढुक्क हुने काम भयो । विपक्षको गतिविधि बुझ्न नसक्नु अर्को कमजोरी रह्यो । स्थानीय कार्यकर्ता र नेतालाई योजना दिन नसक्नु, सहयोग नगर्नुको कारणले पनि पराजय भयो भन्ने जस्ता प्रतिक्रिया मतदाताबाट पाइएको छ ।

    ० नेपालको सन्दर्भमा सङ्घीयता अनावश्यक छ भन्ने पार्टी राष्ट्रिय जनमोर्चा तर तपाईंहरूको उम्मेदवारी प्रदेशमा नै रहेको थियो । यो आफैमा नमिल्दो कुरा भएन र ?

    – यसमा पार्टीको अनुशासनको सिद्धान्त जनवादी केन्द्रीयताको कुरा आउँछ । मलाई पार्टीले उठ्न भन्यो, उठियो । अर्कोतर्फ जनस्तरको भावना बुझ्दा जस्तो भए पनि नेता भएपछि पुग्ने रहेछ भन्ने पनि सुनियो । घरथाराको खाबो सिमलको भए पनि मान्ने, सालको गाबो नखोज्ने र छुट्याउन पनि नखोज्ने जस्ता आलोचना सुनियो । उच्चस्तरलाई वस्तुपरक स्थितिमा ल्याउने आधार हुन्छ कि भनेर पनि भने कसैले । आजसम्मका प्रतिनिधिले भन्दा फरक उच्च, स्वच्छतापूर्वक दबिएर रहेका रोजगारीका सम्भावनालाई पहिल्याउन सकिन्छ कि भनेर आँट, हिम्मत आयो । त्यसै क्रममा मैदानमा हाम फालियो ।

    सङ्घीयता आफैमा खराब व्यवस्था मानिँदैन तर हाम्रो देशमा सङ्घीयता नेपाली जनताको माग थिएन । विदेशी शक्तिकेन्द्रको लगानी र यो देशका नेताहरूको दलाली प्रवृत्तिकै कारण सङ्घीयता आएको हो । देशलाई जोखिमपूर्ण बनाउने र आर्थिक रूपमा नेपाली जनतालाई ढाड सेक्ने हतियार भएको छ सङ्घीयता । देशमा आर्थिक सड्ढट देखा परेको छ, जसको प्रमुख कारणमध्ये एक सङ्घीयता नै हो । आर्थिक भार प्रत्यक्ष रूपमा जनतामा परेको छ । प्रदेशलाई कार्यकर्ता भर्तीकेन्द्र बनाइएको छ । प्रदेश सरकारको छुट्टै आयस्रोत के हो ? एउटा समग्र देश चलाउन त विदेशबाट ऋण ल्याउनुपर्ने देशमा अझ सातओटा प्रदेश सरकारहरू थप्ने ? यसरी त देशलाई भ्रष्टाचारको अखाडा बनाएको भएन र ?

    मलाई सोधिहाल्नु भयो, ठिक हो । निर्वाचनमा जाँदा यो विषय मनमा मलाई लागिरहेको थियो, आफै सङ्घीय प्रदेश चाहिँदैन भन्दै छौँ र त्यसैमा किन जान जोड गर्दै छौँ भनेर । यस कोणबाट प्रश्न उठछ कि भनेको थिएँ तर कसैले उठाएन यो प्रश्न । यसमा मलाई दु:ख लागेको छ । आजको सचेत मानिसको स्तर यस्तो देखियो । भोलिको नेपाल समृद्ध बनाउन उच्च प्रकारले सोच्नु र सशक्त कदम चाल्न आवश्यक छ । खतरा के छ भने बढीमा पाँच वर्षमा चुनाव हुन्छ । मै हुँ भन्ने दिमागमा मलमपट्टी गरिन्छ । जबसम्म जनता सचेत हुँदैनन, देश समृद्ध बन्न सक्दैन । देश पञ्चायत कालदेखि आजसम्म हेर्दा राजतन्त्र गयो† सत्र हजार मानिस मारिए, यो भन्दा अरू के भयो ? देश गोलचक्करमा फसाइराखेको छ ।

    ० माघ महिनाभरि राष्ट्रिय जनमोर्चाले देशव्यापी सङ्घीयता विरोधी अभियान चलाउँदै रहेछ । नेपालमा सङ्घीयता खारेज किन गर्नुपरेको हो ? जबकि सङ्घीयता नेपालमा आमूल परिवर्तनको अभिव्यक्ति हो भन्ने तर्क छ नि एकथरीको ।

    – हो । माघ महिनाभरि हामीले सङ्घीयता विरोधी अभियान चलाउदै छौँ । यस्तो अभियान चलाउन आवश्यक छ पनि । अझ सशक्त अभियान चलाउँदै जनचेतना बढाउन आवश्यक छ ।

    हाम्रो देशमा सङ्घीयता आयात किन, कहाँबाट र केका लागि भयो आदि विषयमा नेपाली जनताले बुझ्न जरुरी छ । सङ्घीयताको विषय देशमा उठेपछि कुनै पनि पत्रकार सम्मेलन, अन्तरक्रियालगायतका सार्वजनिक कार्यक्रममा कुनै पनि पार्टीका कार्यकर्ता वा नेताले सिधै ठिक छ भनेको मैले सुनेको छैन तर चुनाव आएपछि बहुसङ्ख्यक मान्छे त्यतैतिर लाग्दछन् । सङ्घीयताको विषयमा अब सारतत्त्व खोज्नुपर्ने भएको छ ।

    मधेसवादीहरूले एक मधेस एक प्रदेशको नाममा मधेस छुट्टै राज्य बनाउँछौँ समेत भनेको सुन्नमा आएको थियो । त्यो के सामान्य कुरा थियो र ? देशलाई विभाजित बनाउने एउटा खतरा हतियार भएन र सङ्घीयता ?

    सङ्घीयताको खराबी र राम्रा पक्ष के के हुन् भन्ने विषयमा बुँदागत रूपमा नेता–कार्यकर्ताबिच जानु आवश्यक छ । नेता–कार्यकर्ता भएर मात्र देश रहने होइन, देश रहे मात्र यी सबै रहने हुन् । देश बचाउने अभियानमा लागौँ र त्यसका लागि सङ्घीयतालाई खारेज गरौँ ।

    सङ्घीयता नेपालको आमूल परिवर्तनको सोच हो भनेर व्याख्या गर्नेहरूको हविगत नेपाली जनताले देखिसकेनन् र ? राष्ट्रको ठुलो शक्ति युवाशक्ति हो । त्यो शक्तिलाई विदेशमा गएगुज्रेको काम गर्नका लागि लखेटेर रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलाएका छन् । त्यो शक्तिका लागि देशमा नै रोजगारी सिर्जना गरेको खै ? नेपाली जनताले कहिले हो यस्तो कुरा बुझ्ने ? नेपाली जनताको अहित हुने कुरा हुँदाहुँदै पनि कतिपयले २०६४ सालदेखि बखान गर्दै आएका छन् किनकि यी पार्टी र नेताको हित त्यसैमा छ । हामीलाई विश्वास छ, यस्ता राष्ट्रघाती, जनघाती विषयवस्तुको बारेमा नेपाली सचेत जनताले सोच्दै छन् । ढिलोचाँडो यस्ता गलत राजनीतिलाई परास्त गर्ने छन् ।

    ० चुनावअघि प्रतिगमनको विरुद्धमा तपाईंहरूसहितको गठबन्धन थियो । अहिले सरकारलाई समर्थन गर्ने सवालमा राष्ट्रिय जनमोर्चा मात्रै विपक्षमा देखियो । यस्तो स्थितिलाई कसरी बुझ्नुभएको छ ?

    – चुनावअघि सम्म होइन, नयाँ प्रधानमन्त्रीले विश्वासमत प्राप्त गर्दासम्म गठबन्धन थियो । हामी पनि साथै थियौँ । प्रतिगमन विरोधी गठबन्धन औपचारिक रूपमा प्रचण्डले तोडेको भनेको त पुस २६ गते नेपाली काङ्ग्रेस पनि सरकारमा सामेल भएपछि हो । त्यसमा आश्चर्य लाग्यो । बुझ्दै जाँदा त यो सरकार समर्थनको हिसाबले “ऐतिहासिक” भएछ । राजनीतिमा इमानदारिता, नैतिकता यस्तै हुन्छ भनेर नेपाली जनतालाई सिकाउन खोजिएको हो कि ?

    गाउँमा एक जना व्यक्ति थिए रे ¤ मफत (नि:शुल्क) मा पाउने हो भने एक लिटर चुक एकैपटकमा पिउँछु भन्थे रे ¤ त्यस्तै झैँ नेपालको राजनीतिक पार्टीमा एउटा विषय थप भएको कुरा बुझियो, सत्ता, कुर्सी नभई हुन्न भन्ने† सत्ता पाएसम्म कुनै पनि पार्टी छोडेर भाग्ने । पहिला एमालेलाई प्रतिगमनकारी भन्ने, पछि त्यसैको समर्थन लिन डौडिने । राजनीतिक दूरदर्शिता भनेको यही हो ? यसले पार्टीका नेताको काम गर्ने “कुशलता” बुझाएको हो कि ?

    उता, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीले समर्थन मत नदिए पनि सरकार त विधिवत: बनिसकेको थियो । किन गयो काङ्ग्रेस पुच्छर हल्लाउँदै ? उसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिनु रहस्यमय छ । विपीको प्रजातान्त्रिक समाजवाद, पार्टी, नीति र सिद्धान्त सबै भुलेर हो कि ? २०७९ मार्ग ४ गतेको निर्वाचनको जनादेशले नेपाली काङ्ग्रेसलाई सरकार बनाऊ वा सरकार बनाउन जिम्मा दिएको थियो र ? यसमा काङ्ग्रेसको राजनीतिक क्षमता देखियो । चुनावको जनादेश नभएको अवस्थामा प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने जिम्मा काङ्ग्रेसको हुनुपर्ने हो । अझ हामी प्रतिपक्षमा पनि बस्छौँ भन्दै गर्ने अनि सरकारलाई पनि सर्मथन गर्दै जाने ? विधिविधान सबै भुल्दै जाने ? के तरिका हो काङ्ग्रेसको ?

    एक ठाउँको एउटा घटना हो । एक जना बदमासलाई कारबाहीमार्फत साविक गाविसमा बसेर लिखित कारबाही गर्दा त साधुलाई कारबाही र बदमासलाई साधु बनाए, त्यसमध्ये एक मै हुँ भनेर लेखे छन् । त्यस्तै यो व्यवस्थामा जे गरे पनि हुन्छ भन्ने हो र ?

    यद्यपि मलाई त्यस्तो अनौठो केही लागेकै छैन किनभने यो व्यवस्था खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो त हो । लेनिनले सन् १९१७ तिरै भन्नुभएको थियो यस्तो कुरा । यो व्यवस्थाको तस्बिर प्रस्टै छ नि । नागरिकता प्रमाण पत्र विवादित भएको व्यक्ति गृहमन्त्री, बालुवाटार जग्गा प्रकरणका आरोपी व्यक्ति अर्थमन्त्री । यस्तै यस्तै मान्छेको जमघट हुने थलो हो संसदीय व्यवस्था । इमानदार, राष्ट्रवादी नेपालीको नजरमा यो कुरा गलत हो तर यो व्यवस्था यस्तैको हुनु स्वाभविकै मान्नुपर्दछ भन्ने लाग्छ ।

    राष्ट्रिय जनमोर्चा प्रतिगमन विरोधी गठबन्धनको इमानदार एक सदस्य बनेको थियो । कसरी भयो त्यो दोस्ती ? तर हतियार भएर मात्र नहुँदो रहेछ । हतियार चलाउन व्यक्ति अझ सिपालु हुनपर्ने रहेछ । इतिहास र व्यवहारले त्यो देखाए जस्तो लाग्दछ । राजमोले गठबन्धन प्रतिगमन विरोधी शक्तिसँग गर्‍यौँ भन्ने तर प्रतिगमनका अगुवा भनिएका कथित ठुला दलका नेतासँग साइनो अति मिल्ने मात्र होइन, ज्ञानेन्द्र शाह प्रमुख बनेर आउँदा पनि स्वागत गरेका र गर्न पनि पछि नपर्ने प्रवृत्ति देखियो अरू पार्टीमा । हुनसम्मका छन् नेपालमा । त्यसकारण मलाई अनौठो लागेको छैन । यो खेल यसै व्यवस्थाभित्र खेलिन्छ । अवसरवादी पार्टीको यो राजनीतिक धर्म नै हो । चोरको घरमा चोरेर जम्मा गरेको सामान अर्को चोरले चोरेर लगेछ भने अनौठो मान्नुपर्दैन ।

    ० राष्ट्रिय जनमोर्चा संसद्मा प्रतिपक्षी बनिसकेको छ । यता, स्थानीय स्तरमा तपाईंहरूका निर्वाचित प्रतिनिधि हुनुहुन्छ । संसद्मा प्रतिपक्षी, कैयौँ स्थानीय तहमा नेतृत्व—यो स्थितिमा तपाईंहरूले स्थानीय स्तरमा विकास निर्माणका काम गर्न कठिनाइपूर्ण अवस्था त आउन्न ?

    – संसद्मा प्रतिपक्ष बने पनि नीतिगत, कानुन र संविधानअनुसार नै जाने हो । स्थानीय तहमा त्यसको प्रभाव नपर्न सक्छ किनकि स्थानीय तह भनेको नीतिभन्दा व्यावहारिक कुरा लागु गर्ने ठाउँ हो । विकास निर्माणका साथै जनतासँग सम्बन्धित विषय लागु गर्ने ठाउँ भएकाले स्थानीय तहमा त्यस्तो हुँदैन । त्यसैले राष्ट्रिय जनमोर्चाले यो व्यवस्था उपयोग गर्ने भनेको हो । अर्को कुरा अप्ठ्यारो आइपरेमा आक्रामक तरिकाले जाने पनि हो नि त । त्यसकारण अप्ठ्यारो भन्ने, मान्ने हँुदैन । अप्ठ्यारोसँग जुध्ने कलाको विकास अप्ठ्यारोबाटै सिक्ने पनि हो जस्तो लाग्दछ । तसर्थ विकास निर्माणमा केन्द्रमा प्रतिपक्षमा बसेको कारणले स्थानीय तहमा समस्या नहोला ।

    ० देशको समसामयिक राजनीतिक परिस्थतिलाई कसरी बुझ्नुभएको छ ?

    – देशको समसामयिक परिस्थिति झन् जटिलतातर्फ लाग्दै छ । सरकार खिचडी बनेको छ । सरकारमा बस्नेहरूले जनविश्वास गुमाइसकेको छन् । त्यहाँ त्यस्तै शक्तिको बहुमत भएको देखिन्छ । राजनीतिक पार्टीहरूले आफ्ना पार्टीको न नीतिसिद्धान्तसम्म पालना गर्देनन् । कामकाज एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई सावित गर्दै छन् उनीहरू । छिमेकीहरू सहयोगभन्दा भड्काउने र अस्थिरता ल्याउनमा तल्लीन छन् । एम.सी.सी. जस्ता राष्ट्रघाती सम्झौता पारित गरिसके । देशलाई आर्थिक, भौगोलिक, राजनीतिक रूपमा कमजोर बनाइसके । सङ्घीयतालाई यिनीहरूले गायत्री मन्त्र जस्तो बनाएका छन् । यस्तै यस्तै परिस्थितिले गर्दा कुनै एक पक्षमा पनि सन्तोष गर्ने ठाउँ देख्दिनँ म ।

    ० नया“ परिस्थितिमा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ ?

    – नयाँ परिस्थितिमा नयाँ तर ठोस रूपमा नेपाली जनताको भविष्य आँकलन गर्दै उनीहरूको भावना, आवश्यकतालाई कदर गर्दै उनीहरूको दु:खसुखमा सहभागी बन्ने अठोटका साथ साङ्गठनिक, राजनीतिक, व्यावहारिक तौरतरिकाबाट जनताको बिचमा जान जरुरी देखेका छौँ । अब साउन महिनाको कुरा फागुनमा गरेर हुँदैन । अर्थ परिचालन गर्नेहरूले त ब्याज सङ्कलन गर्छन् । त्यो सङ्कलित ब्याजलाई फेरि मूलधनमा परिणत गर्छन् । यहाँ त ब्याज सङ्कलन नगर्ने, जहाँबाट आउँछ, त्यहीँ खर्चिहाल्ने अवस्था छ । अरूलाई टाँठो, शिक्षित, शक्तिशाली भनेर व्याख्या–विश्लेषण गर्ने, आफू आफ्नो पङ्क्तिमा त्यस्तो हुन नसक्ने भयो भने काम चल्दैन । हुनुपर्ने विषयतिर नलाग्ने । यसरी उद्देश्य पूरा होला र ? तसर्थ साङ्गठनिक, राजनीतिक तौरतरिकाले सङ्गठनलाई लेस बनाउँदै अगाडि बढ्ने छौँ । त्यसका लागि तयारी भइरहेको छ ।

    ० अर्घाखा“चीको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिले कस्तो काम गरिरहेका छन् ?

    – अर्घाखाँचीमा जनप्रतिनिधिले काम राम्रोसँग गरेको पाएको छु । अझ राम्रो ढ·ले गर्नका लागि उपल्लो स्तरबाट आर्थिक समर्थन पाउने निकायको अभाव छ । अरू पार्टीहरूले आग्रह राख्ने अवस्था उत्पन्न भएमा समस्या हुन्छ । त्यो अवस्थामा नयाँ योजना, भिजन ल्याउने, त्यसलाई कार्यान्वयनमा लग्ने जस्तो काममा समस्या हुन सक्दछ । राम्रो, अझ धेरै राम्रो गर्नेलाई प्रोत्साहन गर्नेभन्दा निरुत्साहित बनाउनेको सामाजिक बोलवाला हामीमाझ छ । देशभरि यस्तै यस्तै अवस्था छ जस्तो लाग्छ । मलाई लाग्छ, गलत काम हाम्रा जनप्रतिनिधिले हिजो पनि गरेनन् र भोलि पनि गर्ने छैनन् । गलत कामबाट जोगिन अप्ठ्यारो परिस्थिति पक्कै छ । जे जति काम भएका छन्, ठिकै भएका छन् भन्ने महसुस गरेको छु ।

    ० अर्घाखाँचीमा अहिले राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अवस्था कस्तो छ ?

    – अर्घाखाँचीमा सङ्गठनात्मक अवस्था समग्रमा ठिक छ भनौँ तर कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त मान्ने राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अवस्था जस्तो हुनपर्ने हो, त्यस्तो बनाउन सकिएको छैन । फोन, खबर र सूचनाले मात्रै सङ्गठन नबन्दो रहेछ । अर्घाखाँचीका पहाडको विकट स्थानमा सङ्गठनात्मक सिलसिलामा नियमित रूपमा जान नसकेको अवस्था छ । फेरि पनि सङ्गठन त्यति राम्रो नभए पनि बिग्रेको छैन ।

    ० अर्घाखाँचीको सङ्गठनात्मक अवस्थालाई सुदृढ गर्न के कस्ता योजना बनाउनुभएको छ ?

    – सङ्गठनलाई सुढृढ बनाउन योजना बनेका छन् । थप ठोस योजना बनाउँदै छौँ हामीले । अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको सङ्गठन सुन्दासम्म पनि प्रतिक्रियावादीहरू हच्किन्थे कुनै बेला । मलाईसमेत अचम्म लाग्छ, किन यस्तो भयो ? नीतिको कारणले, कार्यकुशलताको कमीको कारणले, ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्नुको कारणले आदि, त्यसका पछाडिका कारणहरू के हुन् ? बुझ्न, खोज्न जरुरी छ । यी सबै स्थितिको समीक्षा गरेर अब विशेष योजना, नीति बनाएर जाने सोचमा छौँ ।

    ० अन्तमा, युगदर्शनमार्फत् उल्लेख गर्नुपर्ने केही विषयहरू छन् कि ?

    – युगदर्शनमा जनतासँग दैनिक सम्बन्धित विषय स्वास्थ्य, शिक्षा, आर्थिक उपार्जनका विषय आदि विषय नियमित रूपमा प्रकाशन गर्दा कसो होला ? मलाई यसरी अन्तर्वार्ता लिने र मसँग भएको, बुझेको, देखेको आदि विषय उठाउने मौका दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद । मेरो कुनै कमी–कमजोरी भएमा सुधार्ने अवसर पाउने छु भन्दै यहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।

    प्रस्तुति : प्रकाश थापामगर

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.