• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कुवेतस्थित नेपालीको प्रमुख समस्या श्रम सम्झौता हो (अन्तर्वार्ता)

"राष्ट्रिय जनमोर्चाको पक्षमा चुनाव प्रचार गरिरहेका छौँ  "

  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • ० आगामी मङ्सिर ४ गतेको चुनावमा सहभागी हुन आउनुभएको हो कि छुट्टी लिएर घर आउनुभएको ?
    – मेरो खासगरी २०७९ सालको वैशाखतिर नै बिदामा आउने समय भएको थियो तर सरकारले प्रतिनिधि र प्रदेशसभाको चुनावमा मङ्सिरमा गर्ने निर्णय गरेसँगै चुनावलाई लक्षित गरेर बिदामा स्वदेश आएको हुँ ।

    Advertisement

    ० तपाईंको इलाकातिर चुनावी प्रचार प्रसारको अवस्था कस्तो छ ?
    – मेरो गृहजिल्ला अर्घाखाँची हो । यहाँ राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेशसभामा प्रत्यक्ष उमेदवार राजमो केन्द्रीय सदस्य सागर केसी र अन्य धेरै साथीहरूको समानुपातिकमा उम्मेदवारी परेको छ । हामीले उहाँहरूलाई विजयी बनाउनुपर्ने छ । अर्काे कुरा प्रतिगामी शक्तिहरूले चुनावमा चलखेल गर्ने भएको कारण पनि हामी सक्रियताका साथ लाग्नुपर्ने अवस्था छ । हामी चुनावी अभियानमा नै छौँ । अहिले सामाजिक सञ्जाललगायत, भौतिक तथा विभिन्न माध्यमबाट चुनावको प्रचार प्रसार तीव्रताका साथ चलिरहेको छ ।

    ० कुवेत नेपाली एकता समाजले यो चुनावलाई कसरी मूल्याङ्कन गरेको छ ?
    – हाम्रो सङ्गठनले यो चुनावलाई सकारात्मक रूपमा लिएको छ । राष्ट्रिय जनमोर्चाले चुनावमा सहभागी हुने जुन निर्णय गर्यो, त्यसलाई हामीले स्वागत गरेका छौँ । जबसम्म गरिखाने मजदुरको अधिकार, राष्ट्रियताको रक्षा अनि सङ्घीयताका विरुद्ध सदनभित्र आवाज बुलन्द गर्न सकिँदैन, तबसम्म सडक आन्दोलनले मात्र सशक्त भूमिका खेल्न सकिदैन भन्ने कुरामा हाम्रो सङ्गठनले विश्वास राख्दछ । त्यसैले यो चुनावमा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि राजमो र प्रतिगमन विरोधी पाँचदलीय गठबन्धनलाई जिताउनुपर्छ भन्ने हाम्रो मूल्याङ्कन छ ।

    ० एकता समाजका साथीहरूले राष्ट्रिय जनमोर्चा वा पाँचदलीय गठबन्धनको पक्षमा चुनाव प्रचार गर्नैपर्ने कारण के हुन् ?
    – राष्ट्रिय जनमोर्चा र गठबन्धन छुट्टाछुट्टै सङ्गठन हुन् । राष्ट्रिय जनमोर्चा राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीलगायतका विषयमा बलियो रूपमा प्रस्तुत हुने सच्चा देशभक्त तथा वामपन्थी राजनीतिक पार्टीले हो । त्यसैले नेपाल आएर हामीले राजमोको पक्षमा चुनाव प्रचार गरिरहेका छौँ ।

    राजमोसमेत सहभागी भएको प्रतिगमन विरोधी पाँचदलीय गठबन्धको प्रचार गर्नु परिस्थितिको आवश्यकता हो । केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा दुई दुईपटक जननिर्वाचित संसद् विघटन गरेर संविधानको धज्जी उडाउने प्रयास भएको थियो । त्यो समय दुईतिहाइको बलियो सरकार थियो तर पनि उनले प्रतिगमन गर्ने प्रयत्न गरिरहे । यसरी राष्ट्रियतामाथि खेलवाड र संविधानको हत्या गर्ने कर्तुत उनले एक्लै गरेका थिएनन् । त्यसमा आन्तरिक र बाह्य शक्तिहरूको पनि हात थियो भन्ने हाम्रो बुझाइ हो । यस्तो परिस्थितिमा संविधानको रक्षाका निमित्त बनेको पाँचदलीय गठबन्धनको समर्थनमा प्रचार प्रसार गर्नु वर्तमान अवस्थामा आवश्यकता हो ।

    ० आगामी चुनावबाट देशमा कस्तो खालको सरकार आओस् भन्ने चाहनुहुन्छ ?
    – जनताका मागलाई सम्बोधन गर्ने, राष्ट्रियताको रक्षा गर्न सक्ने, सेतो हात्तीको रूपमा रहेको सङ्घीयता खारेज गरेर जतालाई महङ्गीको मारबाट जोगाउने, भ्रष्टाचार न्यूनीकरण गर्ने र विदेशी दलालको कठपुतली नबन्ने बलियो सरकार बनोस् भन्ने अपेक्षा छ तर हाम्रो यस्तो आशा पूरा हुन्छ कि हुन्न ? मङ्सिर ४ गतेपछि मात्र थाह होला ।

    ० अदालतले फैसला दिनुका बाबजुद विदेशस्थित नेपालीको मताधिकारको माग किन कार्यान्वयन हुन नसक्नुका पछाडि कसको कमजोरी देख्नुहुन्छ ?
    – यसको प्रमुख कारक नेपालकै ठुला राजनीतिक दलहरू हुन् । उनीहरूले यसलाई सकभर रोक्ने प्रयास नै गरेको देखिन्छ । प्रवासमा रहने नेपाली श्रमिकहरू प्रायः राष्ट्रवादी नै हुन्छन् । उनीहरूले नेपाललाई विदेशीले हस्तक्षेप गरेको हेर्न चाहन्नन् । उनीहरू नेपाल विकसित मुलुकको सुचीमा रहोस् भन्ने चाहना राख्दछन् । त्यसकारण अहिले नै प्रवासमा रहेका नेपालीलाई नेपालका ठुला राजनीतिक दलले मताधिकार अर्थात् प्रवासबाट मत हाल्न सक्ने व्यवस्थालाई कार्यान्वयनमा लैजान्छन् जस्तो मलाई लाग्दैन किनभने यसरी प्रवासका नेपालीलाई मताधिकार दिँदा नेपालका ठुला राजनीतिक दलले नोक्सान बेहोर्नुपर्ने कुराबाट उनीहरू त्रसित छन् जस्तो लाग्दछ ।

    ० अदालत र सरकारले विदेशस्थित नेपालीको प्रतिनिधित्वको मागलाई वास्ता गरेका छैनन् । यसबारे के भन्नुहुन्छ ?
    – मैले माथि नै भनिसके, नेपालका, दलाल पुँजीवादी पार्टीहरू प्रवासमा बस्ने नेपाली श्रमिकसँग त्रसित छन् । त्यसैले विदेशस्थित नेपालीको तर्फबाट राष्ट्रिसभामा प्रतिनिधित्वको अधिकार दिन उनीहरू चाहदैनन् । मतदानको अधिकार त दिन नचाहनेले प्रतिनिधित्वको कसरी अधिकार दिउन् ? तर पनि हाम्रौ सङ्घर्ष लगातार अगाडि बढ्ने छ ।

    ० पछिल्लो समयमा विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वको मागबारे तपाईंहरूको आन्दोलन सेलाएको जस्तो देखिन्छ नि ?
    – यसलाई अलि गलत बुझ्नुभयो कि जस्तो लाग्यो । हामीले कुवेतमा आयेजना गर्ने प्रत्येक सार्वजनिक कार्यक्रम र कूटनीतिक निकायले आयोजना गर्ने कार्यक्रममा विदेशमा रहने नेपालीले मताधिकार पाउनुपर्छ, यसलाई तत्काल कार्यान्वयन गरियोस् भनेर आवाज उठाइरहेका छौँ । कुवेतमा सार्वजनिक रूपमा आन्दोलन गर्न यहाँको कानुनले अनुमति दिँदैन तर विगतमा त्यहाँको राजदूतावासमार्फत् ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रवासमा रहेका नेपालीको मताधिकारको विषयमा बुझाएको ज्ञापनपत्रमा हाम्रो सङ्गठन कुवेत नेपाली एकता समाजले समर्थन गरेको थियो । त्यसकारण मताधिकार र प्रतिनिधित्वको सवालमा हाम्रो आन्दोलन सेलाएको छैन ।

    ० कुवेत कस्तो देश हो ? त्यो देश नेपालीहरूको आकर्षणमा पर्नुको कारण के हो ?
    – कुवेत एउटा इस्लाम धर्म मान्ने देश हो । यो विकास र समृद्धिले छलाङ मारिरहेको देश हो । कुवेतमा अझै पनि राजतन्त्र कायम छ । यस देशको प्रमुख आयस्रोत पेट्रोल नै हो । यहाँको मुद्रा पनि संसारकै उच्च दरमा रहेको छ । त्यस्तै यहाँको प्रमुख आकर्षण कुवेत टावर र जावर ब्रिज हुन् । नेपालीहरू किन आकर्षण परेका हुन् भन्ने सन्दर्भमा नेपाली श्रमिकहरू दक्षभन्दा पनि इमान्दार र मिहिनेती भएको कारण नै उनीहरूको आकर्षणको केन्द्र कुवेत बनेको छ ।

    ० कुवेतस्थित नेपालीका समस्याहरू के कस्ता रहेका छन् ?
    – कुवेतस्थित नेपालीहरूको प्रमुख समस्या भनेको श्रमसम्झौता नै हो । श्रमसम्झौता नहुँदा नेपाली श्रमिकहरू न्यूनतम तलबमा कुवेत आउन बाध्य छन् । पछिल्लो समयमा फिलिपिन्सले श्रमबजार महङ्गो बनाएकै कारण कुवेतलगायत खाडी मुलकको आकर्षक नेपाली श्रमिक भएका छन् । त्यसकारण नेपाल सरकार र सम्बन्धित निकायको यस विषयमा गम्भीर ध्यानाकर्षण हुनुपर्दछ ।

    अर्काे समस्या घरेलु कामदारको रहेको छ । नेपाल सरकारले घरेलु कामदारको रूपमा नेपालीलाई कुवेत आउन अनुमति नदिए पनि मानव तष्करहरूले भारतलगायत तेस्रो मुलुकबाट नेपालीलाई यहाँ पुराइरहेका छन् । सबैभन्दा बढी समस्यामा अवैधानिक रूपमा कुवेत आएका घरेलु कामदारको रहने गरेको छ ।

    ० ती समस्या समाधानका लागि कुवेत नेपाली एकता समाजले के कस्ता भूमिका खेलिरहेको छ ?
    – कुवेत नेपाली एकता समाजजे कुवेतमा रहने नेपाली समाजमा हुने विकृति र समस्या परेका मजुदरलाई सहयोग गर्ने गरेको छ । त्यस क्रममा समस्यामा परेका नेपालीलाई कूटनीतिक निकायमार्फत उद्धार गर्न पहल पनि गरिएको छ । हाम्रो सङ्गठनले सुर्खेत निवासी १६ वर्षीय युवतीसहित १७ जनाको सफल उद्धार गरिएको थियो । समस्यामा परेका धेरै नेपाली श्रमिकलाई यहाँको राजदूतावासमार्फत् सहयोग र उद्धार गरिएको छ ।

    ० नेपालबाट कुवेत जान खोजेका नेपालीहरूलाई के कस्ता सुझाव दिनुहुन्छ ?
    – कुवेत आउने नेपाली श्रमिकहरू आफू स्वयम् पनि दक्ष भएर आउन अनुरोध गर्दछु । अर्धदक्ष वा अदक्ष श्रमिकको रूपमा कुवेत पाउँदा आकर्षक तलब र सुविधाबाट बञ्चित हुनुपर्दछ ।

    ० नेपालको बैदेसिक रोजगारीलाई व्यवस्थित गर्नका लागि के कस्ता सुझाव दिनुहुन्छ ?
    – नेपालको वैदेसिक रोजगारी व्यवस्थित छैन । नेपाल सरकारले धेरै देशहरूसित श्रमसम्झौता गरेको छैन । सबैभन्दा पहिले त यो काम तुरुन्त सम्पन्न गर्नुपर्छ । अर्काे कुरा, विदेश जाने नेपाली श्रमिकलाई तालिम दिएर पठाउन सके प्रभावकारी हुन सक्छ । त्यस्तै, बैदेसिक रोजगारीको काम सरकार आफैले पारदर्शी ढङ्गले गर्नुपर्छ । अहिलेको जस्तो म्यानपावर वा दलालको तर्फबाट पठाउने परिपाटी छिटोभन्दा छिटो रोक्नुपर्दछ ।

    ० अन्तमा, युगदर्शनको तर्फबाट उल्लेख गर्नुपर्ने विषय केही छन् कि ?
    – मलाई समय दिएर तपाईंले अनलाईनमार्फत् केही विषयहरूमा कुरा राख्ने मौका दिनुभयो । यसको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा पनि गरिखाने मजदुरलाई कुरा राख्ने र उनीहरूका मुद्दा उठान गर्ने काममा युगदर्शनको ध्यान जाओस् । युगदर्शन मिडियाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

    प्रस्तुति : प्रकाश थापामगर

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.