कपिलवस्तु । शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा अवस्थित श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले गर्नुभएको थियो ।
उहाँले यस क्षेत्रको किसानको समस्या सिंचाई, मल बीउ उत्पादन भएको तरकारी बिक्री रहेको बताउँदै, समस्या समाधान गर्न नगरपालिका र संघ संस्था एक भएर लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै, कृषि विकास अधिकृत तारा चन्द चौधरी वडा अध्यक्ष टेकलाल सापकोटा, पशु विकास अधिकृत धनेश्वर खनाल, तरकारी पाकेट क्षेत्र सुनवर्सीका अध्यक्ष गंगाधर भट्टराई, मिलिजुली महिला सहकारी संस्थाकी व्यवस्थापक अनिता भुसाल, संस्थाका सल्लाकार चेट नारायण खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष केर सिंह अदैले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसवर्ष संस्थाले ७६ लाख बराबरको कारोबार गरेको बताइएको छ । संस्थाले बचत संकलन, तरकारी संकलन, आईएमई, धान, गहुँ थ्रेसर, पम्पेसेटहरुलाई आम्दानीको स्रोत देखाएको छ ।
सचिव नारायण खनालको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष बेलाउता विकले स्वागत गर्नुभएको थियो ।





