काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ ।
Advertisement
रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ ।
सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कुल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले २०७९ असोज २४ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कम्पनीले असोज २५ (अक्टोबर ११ तारिख) मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुआती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटिआर जहाजसहित १६ वटा जहाजबाट सेवा दिइरहेको छ । देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।