• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तिब्बतमा लकडाउनका कारण उत्तरी नाका ठप्प, दशैँका सामान रोकियो


  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन गरिएको छ । यसले गर्दा नेपालको उत्तरी सिमानाका ठप्प हुन पुगेका छन् ।

    Advertisement

    नाका बन्द हुँदा दशैँका लागि सामान लिएर आएका कन्टेनर सिमा क्षेत्रमा रोकिएका छन् ।

    ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले नाकाहरूमा देखिएको अवरोध तत्काल खुल्ने सम्भावना कम रहेको जनाएको छ । महावाणिज्य दूतावासले लकडाउन र सिमानाकामा भएको अवरोधबारे सरकारलाई जानकारी गराएको छ ।

    नेपाली महावाणिज्यदूत जिम्सन रुम्दाली राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन जारी भएको बखत पनि कोभिड प्रोटोकल पालना गर्दै ट्रक ढुवानी गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ । तर हाल कोभिड सङ्क्रमण बढ्दो रहेको र ल्हासा, सिगात्से, न्यालम, केरुङ आदि स्थानमा पूर्ण रूपमा बन्दाबन्दी रहेकाले नाका तत्कालै खुल्ने सम्भावना कम देखिन्छ ।’

    यसअघि व्यवसायीहरूले दशैँसँग जोडिएका मालसामानसहित करिब २०० कन्टेनर सीमापार नेपाल प्रवेशका लागि अनुमति कुरिरहेको बताएका थिए ।

    विक्रम सम्वत् २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पका कारण सुरुमा तातोपानी नाकाको व्यापार ठप्प भएको थियो ।

    त्यसयता उक्त नाका पुन सञ्चालनमा ल्याउने प्रयासले पूर्ण रूपमा गति नलिँदै कोरोनाभाइरसको महामारीका कारण त्यो र रसुवागढी नाका दुवैबाट हुने गतिविधि प्रभावित भएका छन्।

    कोरोनाभाइरसको महामारी बढ्दै गएको र त्यसका कारण आफूले लकडाउनसम्म गर्नुपरेको भन्दै चीनले गएको साउन २५ गते यता नाकाहरूबाट सामान पठाइरहेको छैन । नाका अवरुद्ध हुनु अघिसम्म निश्चित सङ्ख्यामा मालवाहक कन्टेनरहरूलाई नेपाल प्रवेश दिइरहेका थिए।

    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.