• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जापानबाट नेपालीले अनुशासनको शिक्षा लिनुपर्छ


  •   बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
  • नवीन बस्याल, केन्द्रीय सदस्य, जापान नेपाली एकता समाज (अन्तर्वार्ता)

    Advertisement

    ० जापान नेपाली एकता समाज कस्तो सङ्गठन हो ? त्यसको बारेमा बताइदिनुस् न ।

    – जापान नेपाली एकता समाज जापानमा रहेका नेपालीको सामाजिक सङ्गठन हो । यसको पहिलो उद्देश्य जापानवासी नेपालीको हक, हित, अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक र वैचारिक उत्थानका लागि काम गर्नु हो । दोस्रो उद्देश्य यहाँ रहेका नेपालीको बिचमा भइपरी आउने समस्यालाई समाधान गर्दै विश्वका विभिन्न देशमा रहेका शोषित, पीडित र मिहिनेतकश मजदुरको न्यायपूर्ण आन्दोलनसित जोड्ने, त्यस क्रममा नेपालीमा वर्गीय चेतनाको विकास गर्ने हो । त्यस्तै, तेस्रो उद्देश्य अन्यायको विरुद्ध आवाज उठाउन र न्यायपूर्ण सङ्घर्ष गर्नका लागि आधार तयार पार्नु हो ।

    आफ्ना मानवीय हक, हित र अधिकारको रक्षा तथा उत्थानका लागि जापानमा रहेका नेपाली व्यापक रूपमा सङ्गठित हुनु नितान्त आवश्यक छ । त्यसकारण यो सङ्गठनको महत्त्व र भूमिका झन् बढेर गएको छ । जापान जस्तो व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको उच्च सम्मान भएको भनेर भनिने देशमा अनौपचारिक क्षेत्रमा हुने जघन्य जालसाजी र कीर्ते कारोबारले आम श्रमजीवीको जनजीवनमा पर्न जाने नकारात्मक असर, यसको आर्थिक, सांस्कृतिक असरलाई बाहिर ल्याउने तथा श्रमजीवीको हितमा आवाज उठाउने सङ्गठन हो, जापानन नेपाली एकत समाज ।

    ० जापानस्थित नेपालीहरूले अहिलेको समयमा के कस्ता समस्या बेहोरिरहेका छन् ?

    – जापान आउने आम नेपालीको साझा समस्या भनेको भाषा हो । जापानका सार्वजनिक यातायात, किनमेल गर्ने ठाउँ, अफिसियल स्थान जुनकुनै ठाउँमा आफ्नै भाषालाई प्राथमिकता दिन्छन् । जापानीहरू अङ्ग्रेजी जाने पनि बोल्न रुचाउँदैनन् । पुरानो पुस्ताले त अङ्ग्रेजी जान्दैन पनि । आफ्नो मौलिक संस्कृतिलाई बढावा दिने जापानीहरूको जीवनशैलीका कारण पनि उसैअनुरूपको व्यवहार त्यहाँ हुन्छ । त्यसकारण सुरुवाती दिन नेपालीहरूका लागि निकै कष्टकर हुने गर्छ ।

    अर्कातिर यहाँका नेपालीको समस्या उसको भिसा स्टाटसानुसारका फरक फरक रहेका छन् । विद्यार्थीहरूको हकमा अधिकतम नेपाली बिद्यार्थी व्यावसायिक मुनाफा कमाउने ध्येयले खोलिएका निजी भाषा स्कुलमा आउँछन् । उनीहरू विद्यार्थी भिसामा आउने हँुदा ती स्कुलले व्यवस्थापकीय जिम्मेवारी पूरा नगरिदिँदा अलपत्र पर्ने गरेका छन । साथै प्रतिहप्ता २० घण्टा काम गर्नुपर्ने निर्देशनले उनीहरूलाई अप्ठ्यारो पार्दछ । उस्तो अवस्थामा उनीहरू फी तिर्न र दैनिकी चलाउन नसक्ने अवस्थामा हुन्छन् । यहाँ फिको मापदण्ड विद्यार्थीको क्षमताभन्दा कैयौ गुणा बढी छ ।

    अर्को तथ्य यहाँ धेरै नेपालीहरू कुक भिसा र डिपेन्डेन्ट भिसामा आउँछन् । कुकको हकमा आउँदै गर्दा चर्को पैसा असुल्ने, कागजी कामकाज औपचारिकतामा मात्र सीमित हुने, अधिकतम रूपमा आपसी समभदारीमा हुने भनेर उल्लेख गरिएको हुन्छ तर यहाँ आइसकेपछि रोजगारदाताको मनोमानी हुन्छ । दादागिरी हाबी हुन्छ । समझदारीअनुसारको सेवासुविधा नदिने गरिन्छ । कागजी प्रकृयामा अड्चन उत्पन्न गराइँदा ऊ स्वतन्त्र ढङ्गले काम गर्न पाउँदैन । यस खालका समस्या यहाँ कुक भिसामा आउने नेपालीका धेरै छन् । जापान आउने नेपालीममध्ये सबैभन्दा धेरै पीडित यसै माध्यम भएर आउनेहरू छन् ।

    डिपेन्डेन्ट भिसाको हकमा जापान एउटा पुँजीवादी मुलुक हो । यहाँको विकासको मोडल औद्योगिक खुकुलो नीतिमा आधारित छ । यसले गर्दा उपरी रूपमा कानुन, कानुनी परामर्शदाता र संस्था भए पनि मूलभूत रूपमा कामदारहरू उद्योग सञ्चालन नीतिमा बाँधिएका हुन्छन् । कुनै खालको हक, अधिकार, क्षतिपूर्ति तथा न्यायका लागी सम्बन्धित निकायमा गए पनि कम्पनीको नियमभित्र रहेर वा माध्यमबाट कानुनी लडाइँ लड्नुपर्ने हँुदा अति महङ्गो हुन्छ । मुद्दा हारिहालेको खण्डमा सो कम्पनीलाई कामदारको बहिर्गमन तथा सोही देशको फिर्तीसम्मको अधिकार दिइएको हँुदा व्यक्तिको मौलिक अधिकार शून्यप्रायः नै रहेको छ । यसले गर्दा यहाँका नेपाली समुदाय धेरै प्रकारका यातना, कठिनाइ र झमेलामा फसेर पनि बस्न बाध्य छन् ।

    ० जापान नेपालीहरूको आकर्षक गन्तव्य बनेको छ । यतिखेर जापान आउन चाहने नेपालीहरूलाई तपाईको सुझाव के छ ?

    – केही दशकपहिला हाम्रा बाउबाजेले वा हामीले पनि विदेशमा रोजगारीको अनुभव लिने वा भोग्ने मौका पायौँ । नेपालका युवा पुरुषहरू भारततर्फ कमाउन जाने प्रचलन थियो पहिले । सजिलो माध्यम खुल्ला सिमाना र थोरै भाडा लाग्ने भएकाले देशका सबै युवाहरू आर्थिक अवस्थामा केही सुधारका निम्ति भारत जाने गर्दथे । त्यही प्रचलन फेरिएर अहिले विश्वका धेरै देशमा जाने चलन बढेको छ । अब नेपाली युवाहरू दिन–प्रतिदिन दशकाँै पहिला भारत जाने बेलाको जस्तै तेस्रो मुलुक जानेको जमात बढेको देखिन्छ । त्यसमध्येको एउटा देश जापान पनि हो । जपान अहिले नेपाली युवाहरूको आकर्षणको केन्द्र बनेको छ ।

    देशमा रोजगारको ग्यारेन्टी नभएका कारण धेरै युवाहरू बाध्यताले विदेश जानुपर्ने अवस्था छ । त्यस क्रममा केही युवाहरू हिजाआजको सामाजिक सञ्जालमा राखिएका राम्रा पक्षलाई मात्र हेरी सबै कुरा नबुझी एकोहोरो आकर्षित भएर जापान आउने गरेका छन् । मैले प्रत्यक्ष रूपमा यस्ता धेरै विद्यार्थीहरूलाई भेटेको छु, जसले भन्ने गर्छन्, यति दुःख हुन्छ भन्ने थाहा भएको भए आउँदैनथेँ होला ।

    अब जापान आउन चाहाने साथीहरूलाई मेरो सुझाव यो छ । जापान संसारको बिकसित मुलुक हो । यो निकै सुन्दर छ । यहाँ कामको खाँचो हुँदैन । प्रशस्त मात्रामा रोजगार पाइन्छ तर यहाँको कानुन, राज्यप्रणाली फरक अर्थात् नेपालको तुलनामा कडा भएका कारण त्यसलाई बुझ्न र व्यवहारमा लागु गर्नु निकै गा¥हो छ तर यहाँको कानुन र प्रणालीलाई लागु गर्नैपर्ने हुन्छ ।

    आजभन्दा केही वर्षअगाडि कामदार भिसामा जापान आउने साथीहरूले जापान भनेपछि हुरुक्क हुन्थे । उनीहरू काम र सिपको अनुभवबिना नै मागेजति पैसा तिरेर पनि जापान आउने गर्दथे । जापानमा सामानको मूल्य महङ्गो भएका कारण केही दिनमै एउटा कामको जिम्मेवारी लिनुपर्ने हुन्छ । त्यस क्रममा सिपबिना आएको मान्छेले अप्ठ्यारो भोगेको र सिप नभएका कारण मालिकले पनि सम्झौतापत्रानुसार मासिक तलब नदिएको घट्ना प्रशस्त छन् ।

    अहिले पछिल्लो चरणमा जापान आएका विद्यार्थीहरू जापान आउनुभन्दा पहिला नेपालमा भाषा अध्ययन गर्दा खासै अप्ठेरो मान्दैनन् । त्यसकारण जापानी भाषाको अध्ययनलाई वास्ता नगरेर जापान आएका पनि छन् । जापान आइसकेपछि केही कम्पनीले जापानको आधारभूत भाषा नजानेका कारण कम्पनीबाट निकालिदिएका घटना पनि छन् । त्यसैले अब वर्कर भिसामा आउन चाहने साथीहरूले सिप नसिकेसम्म जापान नआउन र यदि आउनै चाहेको खण्डमा सिप सिकेर मात्र आउन सुझाव दिन चाहन्छु । त्यस्तै, विद्यार्थीहरूको हकमा भाषा कम्तीमा राम्रो सिकेर आउन सुझाव दिन चाहन्छु ।

    ० जापान नेपाली एकता समाजका हालका गतिविधिहरू के कस्ता रहेका छन् ?

    – जापान नेपाली एकता समाजले भर्खरै आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । सम्मेलन निकै उत्साहजनक रूपमा सम्पन्न भएको थियो । सम्मेलनमा जनसहभागिता निकै राम्रो थियो । त्यही जुन सम्मेलनबाट म पनि सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएको थिएँ ।

    राष्ट्रिय सम्मेलनभन्दा केही पहिला विभिन्न क्षेत्रको भर्चुअल भेला गरी क्षेत्रीय समिति निर्माण भएका थिए । अहिले पनि स्थानीय स्तरमा सङ्गठन निर्माण गर्ने कार्य भइरहेको छ । त्यसका साथै जापानस्थित नेपालीहरू भइपरी आउने समस्या समाधान गर्न प्रयासरत छौँ । केही समयलगत्तै जापान नेपाली एकता समाज केन्द्रीय समितिको बैठक गरेर थप योजना बनाउने छौँ ।

    त्यस्तै, जापानमा पनि केही भड्कावका होहल्लाहरू आएका छन् तर खास केही समस्या छैन । जापान नेपाली एकता समाज एकढिक्का छ ।

    ० तपाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा पनि काम गर्नुभयो । अहिले जापानको एकता समाज र भारतको एकता समाजमा काम गर्दा के फरक पाउनुभएको छ ?

    – मैले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा करिब एक दशकभन्दा बढी समयसम्म सङ्गठनको विभिन्न तहमा रही काम गर्ने अवसर पाएँ । त्यस क्रममा पश्चिमोत्तर क्षेत्रीय समितिअन्तर्गत पानीपत नगर समितिमा रहेर काम गरेँ । त्यहाँको एकता समाज, रक्तिम र खेलकुद समितिमा काम गरेँ । एवम् प्रकारले हरियाणकै सोनीपतमा एकता समाजको नगर समिति र रक्तिमको नगर अध्यक्ष जस्तो जिम्मेवार ठाउँमा रहेर काम गरेँ ।

    केही वर्षपछि त्यहाँबाट मेरो बसाइँसराइ भयो । त्यसपछि उत्तर भारत क्षेत्रीय समितिअन्तर्गत लखनऊ नगर समितिभित्र पर्ने टोल समिति, एरिया समिति हुँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लखनऊ तथा रक्तिम विभागको लखनऊ संयोजक भएर काम गरेँ । त्यसै क्रममा एकता समाज उत्तर भारत क्षेत्रीय समितिको सदस्य र रक्तिम बिभागको संयोजक भएर काम गर्ने मौका पाएँ ।

    भारत र जापानका एकता समाजमा काम गर्दाको एउटा फरक खुला राजनीतिको हो । भारतमा अलि खुला प्रकारले राजनीति गर्न पाइन्छ । सङ्घसस्थाहरू दर्ता गरेर चलाउन पाइने भएकाले त्यहाँ धेरैजसो कार्यक्रममा प्रत्यक्ष सहभागी हुन पाइन्छ । हरेक कार्यक्रममा प्रत्यक्ष सहभागी हुन पाइने भएकोले निकै ठुला र संसारका अन्य देशमा हुने कार्यक्रममा भन्दा भारतको स्थिति फरक हुने गर्दछ । भारतको एकता समाजमा भन्दा बाहिर तेस्रो मुलुकमा त्यो स्थिति कमै छ । तेसे मुलुकमा, जस्तै ः जापानमा समितिमा नरहेरै पनि बाहिरी रूपमा सङ्गठनलाई सहयोग हुने काम गर्नुपर्ने हुन्छ । त्यस खालको नैतिक समर्थनयुक्त भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसरी नै अहिले मैले माथि उल्लेख गरेअनुसार जापान नेपाली एकता समाजको केन्द्रीय सदस्य र रक्तिम सांस्कृतिक अभियान जापानको केन्द्रीय सहसचिवको जिम्मेवारीमा रहेर काम गरिरहेको छु ।

    ० नेपाली युवाहरूले स्वदेशमै रोजगारी पाउन नेपाल सरकारले के कस्ता कदम चाल्नुपर्दछ भन्ने ठान्नुहुन्छ ?

    – नेपालमा एउटा ठुलो राजनीतिक परिवर्तनको आवश्यकता देखिन्छ । २०६२–६३ सालको जनआन्दोलनबाट देशमा राजतन्त्रको अन्त्य भयो, गणतन्त्र स्थापना भयो । त्यस क्रममा निरङ्कुश पञ्चायती व्यवस्था र राणाशासनको अन्त्य भयो । त्यस्तो खालको फेरि नयाँ परिवर्तनको खाँचो देखिन्छ ।

    अहिले देशको अवस्था यस्तोसम्म भयो कि युवाहरू देशभित्र बस्नै मान्दैनन् । कारण ः देशमा रोजगार, गास, बास, कपासको ग्यारेन्टी छैन । आजको संसार पुँजीवादी दलदलभित्र रुमल्लिएको अवस्थामा जो कसैलाई पनि आर्थिक समस्या हुने नै गर्दछ । आर्थिक उपार्जन कसरी गर्ने ? भन्ने समस्या भइरहँदा देशभित्रका युवाहरू बिदेसिन बाध्य हुन्छन् । यस्तो स्थितिमा दुनियाँका धेरै देशमा छ्याप्छ्याप्ती नेपालीहरू भेटिँदा आफ्नो देशमै छु कि जस्तो लाग्न थालेको छ ।

    देशको हालको अवस्था यस्तै रहिरहे भोलि देशको अवस्था कस्तो रहला ? त्यसैले देशमा नयाँ खालको परिवर्तनका लागि देशको नेतृत्व युवाहरूले गर्नुपर्ने देखिन्छ । आज देशको नेतृत्व गरिरहनु भएका वरिष्ठ नेतृत्वकर्ताको निर्देशनमा सही नीति र पद्धतिको आधारमा देश युवाहरूले नै हाँक्नुपर्दछ ।

    ० तपाई कला क्षेत्रमा पनि हुनुहुन्छ । जापानमा पुगेर के गर्दै हुनुहुन्छ यस क्षेत्रमा ?

    – कला क्षेत्रमा मैले भारतमा हँुदा पनि केही गीतसङ्गीत प्रकाशन गरेको थिएँ । केही गीतहरू समावेश गरेर एल्बम पनि प्रकाशन भएको थियो । लीला परिवार, हेमराज आश्रम, देवी सुनामी र मैले “आवाज” नाम रहेको एउटा जनवादी गीतको एल्बम २०७१ सालतिर प्रकाशन गरेका थियौँ । अहिले जापानमा पनि जनवादी सांस्कृतिक आन्दोलनलाई ऊर्जा दिन थप इँटा थप्ने गरी व्यक्तिगत रूपमा गीतसङ्गीतहरू प्रकाशन गर्ने तयारीमा छु ।

    ० गीतसङ्गीत क्षेत्रमा तपाईंका आगामी योजनाहरू के कस्ता रहेका छन् ?

    – त्यस्ता धेरै योजना त छैनन् । केही गीत प्रकाशन गर्ने योजनामा छु । यो वर्ष एउटा सामान्य भिडियो “संसार जित्ने अदम्य साहस” सार्वजनिक गरिसकेको छु । मेरो आफ्नै युट्युब च्यानल “नबिन बस्याल” बाट त्यो साङ्गीतिक कोसेली सार्वजनिक भएको छ, जुन गीतको शब्द कोर्नुभएको छ, भारतमा रहेर नेपालीहरूको अभिभावकीय सङ्गठन एकता समाजका सक्रिय नेताको भूमिकामा रहनभएका व्यक्ति तपाईंकै युगदर्शनका संवाददाता खिमराज चालिसेले । केही प्रकाशन हुने तयारीमा छन् ।

    ० नेपालले जापानको कला क्षेत्रबाट के कस्ता शिक्षा हासिल गर्न सक्छ ?

    – जापान संसारको केही देशमध्ये अनुशासन आफै पालन गर्ने र जनतालाई पनि अनुशासन पालना गराउने सरकार वा कानुन भएको मुलुक हो । हामीले जापानबाट अनुशासनको शिक्षा लिन सक्छौँ । नेपालको कला क्षेत्रमा उच्छृङ्खल गीतसङ्गीत बजारमा आउने र आइसक्दा पनि कानुन वा सम्बन्धित निकायले कारबाही नगर्ने अवस्था छ । त्यसका विपरीत समाज परिवर्तनका गीतसङ्गीतलाई बेवास्ता गर्ने र देशलाई समस्या पर्दा मात्र गाउने र नाच्ने जुन एउटा बानी छ, हामीले सुधार गर्नुपर्दछ भन्ने लाग्दछ । त्यस क्रममा जापानबाट हामीले लिने शिक्षा भनेको अनुशासन नै हो । गीतसङ्गीतमा पनि उच्छृङ्खलताको नियन्त्रण जापानको कला क्षेत्रबाट हामीले सिक्न सक्दछौँ ।

    ० अन्तमा, युगदर्शन मिडियामार्फत् भन्नुपर्ने केही छन् कि

    – सर्वप्रथम त युगदर्शन मिडिलाई म धन्यवाद तथा हृदयदेखि नै आभार प्रकट गर्दछु, मैले मेरा केही विचार राख्ने मौका दिएको र राख्न पाएकोमा । युगदर्शन नेपालको एउटा यस्तो मिडिया हो, जो देशलाई अप्ठ्यारो पर्दा जस्तोसुकै समाचार होस्, पक्षबिपक्षको रूपमा समाचार नलेखी जे सत्य र सही हो, त्यही समाचार प्रकाशन गर्दछ । अर्को, नेपाल र नेपालीको न्यायको पक्षमा सधैँ आवाज उठाइरहने एक मात्र मिडिया हो युगदर्शन । त्यसैले यो पत्रिकाले अझै देश र जनताप्रतिको जिम्मेवारी बोक्ने मौका पाओस् ।

    बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.