• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्राधिकरणकाे नाफा १६ अर्ब १६ कराेड


  •   बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ ।

    Advertisement

    बुधवार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

    कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउनु भयो । उहाँले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताउनु भयो । उहाँले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताउनु भयो ।

    उहाँले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । उहाँले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताउनु भयो ।

    उहाँले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको बताउनु भयो । घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताउनु भयो । उहाँले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताउनु भयो । उहाँले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने बताउनु भयो । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारको बताउनु भयो ।

    निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनु भयो । उहाँले विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि,४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गर्नुभयो ।

    उहाँले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताउनु भयो । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गर्नुभयो । उहाँले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताउनु भयो । उहाँले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुलमन्त्र पनि बताउनु भयो । उहाँले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताउनु भयो । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाई छ ।

    विद्युत प्राधिरकणले आफ्नो करिव २ दर्जन भावी कार्ययोजनाहरू समेत सार्वजनिक गरेको छ । प्राधिकरणको प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने योजना अगाडि सारेको छ । काठमाडौं लगायतका प्रमुख शहरहरुमा वृद्धि भइरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लैजाने योजना सार्वजनिक गरेको छ ।

     

    बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.