• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजमोका जनप्रतिनिधि इमान्दार भएर मात्रै पुग्दैन, सिर्जनात्मक बन्न सक्नुपर्छ : कार्की


  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • यही साउन १३ देखि १५ गतेसम्म बुटवलमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सम्पन्न भयो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञले स्थानीय तह सञ्चालनबारे प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणले स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी, व्यवहारिक ज्ञान प्राप्त भएको र जनताको काम गर्न थप उत्साहित बनाएको प्रशिक्षणमा सहभागी जनप्रतिनिधिहरुले बताएका छन् ।

    Advertisement

    यसै सन्दर्भमा हामीले सो प्रशिक्षण कस्तो रह्यो भनेर सहभागी जनप्रतिनिधिलाई सोधेका छौँ । प्रस्तुत छ, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ४ का अध्यक्ष सोमकुमार कार्कीसँग गरिएको छोटो कुराकानी :

    राष्ट्रिय जनमोर्चाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिहरु तीन दिनसम्म बुटवलमा जुट्नुभयो । समग्रमा कार्यक्रम कस्तो रह्यो ?
    बुटवलको प्रशिक्षण समग्रमा राम्रो रह्यो । जनप्रतिनिधिहरुलाई प्रचलित ऐन, नियम कानुनको बारेमा राम्रो जानकारी भएन भने काम गर्न गाह्रो हुन्छ । थोरै समयमा भएपनि प्रचलित नियम, कानुन तथा स्थानीय तह सञ्चालनका विभिन्न कानुनी विधिबारे बुझ्ने मौका पाइयो । पार्टीले प्रशिक्षण कार्यक्रम आयोजना गरेर उपयुक्त निर्णय गरेको अनुभव भएको छ ।

    प्रशिक्षणमा थप नयाँ कुरा के सिक्नुभयो ?
    नयाँ विषयवस्तु भन्दा पनि हामीलाई अहिले भएकै प्रचलित नियमकै बारेमा धेरै बुझ्नुपर्ने आवश्यकता छ । स्थानीय तहमा निर्वाचित भइसकेपछि बुझ्नुपर्ने, पढ्नुपर्ने कुराहरु पढ्न, बुझ्न भ्याएकै छैन । त्यसैले यो प्रशिक्षणले भएकै नियम, कानुन, विधि, विधानबारे अभिमुखिकरण गर्ने काम गरेको छ । विभिन्न विज्ञहरुले प्रविधिको माध्यमबाट बुझाउने प्रयास गर्नुभएको थियो । यसले कतिपय कुराहरुलाई छोटो समयमा बुझ्न मद्दत गरेको छ । बरु यसखालको प्रशिक्षण पार्टीले फेरि आयोजना गरोस् र अझ खँदिलो रुपमा विषयमवस्तु बुझ्ने अवसर प्राप्त होस् भन्ने चाहना छ ।

    प्रशिक्षणमा के कस्ता विषयवस्तु समेटिएको थियो ?
    खासगरी तीन तहका सरकारका काम, कर्तव्य र अधिकारबारे प्रशिक्षणलाई फोकस गरिएको थियो ।

    तीन वटा तहका सरकारहरुका कतिपय साझा र कतिपय एकल अधिकारहरु छन् । आर्थिक नीति, कर नीति, विकास निर्माणका योजना सञ्चालनबारे आ–आफ्ना अधिकारहरु छन् । जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तह सञ्चालन गर्ने छुट्टै विधि र प्रक्रियाहरु छन् । स्थानीय तह, अझ खासगरी वडाअध्यक्ष दैनिक जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने हुन्छ । जस्तो कि पञ्जिकरणसँग सम्बन्धित काम वडासचिवले गर्ने भएपनि त्यसमा वडाअध्यक्ष सिधै ठोकिन्छ । स्थानीय तहमा धेरै समस्याहरु छन् । जनताका दैनन्दिनका समस्या विधि र प्रक्रियाबाट हल गर्नुपर्ने हुन्छ । यिनै विषयवस्तुलाई प्रशिक्षणमा प्राथमिकता दिइएको थियो ।

    स्थानीय तहमा निर्वाचित अन्य पार्टीका जनप्रतिनिधि र राजमोका प्रतिनिधिबीच के अन्तर हुन सक्छ ?
    हाम्रो पार्टी जनपक्षीय पार्टी भएको हुनाले हामीले जहिले पनि जनताको हितमा काम गर्छौँ । अरु जनप्रतिनिधि भन्दा हामी सिर्जनात्मक हुन्छौँ । जनमैत्री भएर काम गर्छौैँ । कतिपय नियम कानुनहरु जनपक्षीय छैनन् । तर हामी नियम कानुनलाई पनि जनताको हित अनुकुल प्रयोग गरेर बढीभन्दा बढी जनतालाई सेवा दिन लागिपरेका हुन्छौँ ।

    अन्य दल र हामीमा फरक के हो भने अरुले चुनाव जित्नकै लागि ठूलो परिमाणमा पैसा खर्च गरेका हुन्छन् । चुनाव जितेर गइसकेपछि अधिकांशमा चुनाव खर्च उठाउन खोज्ने प्रवृति देखिन्छ । त्यसका लागि मानिस भ्रष्टाचार गर्छ । यदी हामी पनि त्यस्तै भयौँ भने हाम्रो औचित्य के नै रहन्छ र ? बरु कांग्रेस एमाले बने सजिलोसँग चुनाव पनि जितिन्छ ।

    यसो भनिरहँदा अन्य दलका सबै मानिसहरु खराब र भ्रष्ट भन्न खोजेको होइन । एकाधरुपमा लोभिपापी त जनमोर्चामै पनि हुनसक्छन् । कांग्रेस, एमालेबाट मन्त्री बनेका कैयौँ मानिसहरु विवादरहित पनि छन् । विभिन्न तहका कैयौँ जनिप्रतिनिधिहरु स्वच्छ छवि बनाएर बाहिरिएका मानिसहरु अरु पार्टीमा पनि छन् ।

    हामी इमान्दार भएर मात्रै पुग्दैन । स्वच्छ र इमान्दारितासँगै सिर्जनात्मक पनि हुनुपर्यो । जनताको काम सहज ढंगले गरिदिनुपर्यो । जनतालाई आवश्यक परेको बेला उपलब्ध हुने र समस्या समाधान गर्न सक्नुपर्छ । कयौँ नियम कानुनहरु जनताको पक्षमा छैनन् । तर हामीले काम गर्दा नियम कानुनलाई पनि जनहितमा प्रयोग गर्न सक्नुपर्छ ।

    राजमो जनप्रतिनिधिको प्रशिक्षण समापन

    मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.