• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह


  •   मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
  • बेइजिङ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो ।

    Advertisement

    प्रवक्ता प्राइसले अमेरिकी नीतिलाई चीनले गलत ढङ्गले प्रस्तुत गरेको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा प्राइसले संयुक्त राज्य अमेरिका तथाकथित ‘ताइवान सम्बन्ध ऐन, तीन संयुक्त विज्ञप्ति र छओटा आश्वासनद्वारा निर्देशित रहेको, लामो समयदेखिको द्विपक्षीय सम्बन्ध र एक चीन नीतिप्रति आफ्नो देश प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

    प्रवक्ता प्राइसको उक्त अभिव्यक्ति तथ्य र इतिहासलाई विकृत पार्ने प्रयास गरिएको प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्त र सर्तको अमेरिकाले पालना गर्नुपर्नेमा जोड दिए ।

    चीन–अमेरिका सम्बन्धको सबैभन्दा महŒवपूर्ण र संवेदनशील विषय ताइवान भएको उल्लेख गर्दै उनले ताइवान मुद्दाको मूल जड नै ‘एक चीन’ भएको स्पष्ट गरे । उनले भने– ‘संसारमा एउटा मात्र चीन छ, ताइवान चीनको एक हिस्सा हो र जनवादी गणतन्त्र चीनको सरकार सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एक मात्र कानुनी सरकार हो । यो एक चीन सिद्धान्तको मूल अवधारणा हो, जुन अन्तर्राष्ट्रिय समुदायको सहमति र अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यता बनेको छ ।’

    अमेरिकासहित एक सय ८१ देशले एक चीन सिद्धान्तलाई मान्यता दिँदै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका बताउँदै उनले एक चीन सिद्धान्तलाई दृढतापूर्वक चीनले पालन गरेको तथा त्यस विषयमा कुनै पनि सम्झौता वा छुट नहुने बताए ।

    सन् १९७१ मा संयुक्त राज्य अमेरिकाले ताइवान मामिलामा नयाँ सिद्धान्तको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको, विश्वमा एक मात्र चीन रहेको तथा ताइवानलाई चीनको एक अभिन्न भागका रूपमा स्वीकार गर्दै ताइवान स्वतन्त्रता आन्दोलनलाई समर्थन नगर्ने वचन दिएको प्रवक्ता वाङले स्मरण गराए ।

    सन् १९७२ मा जारी गरिएको साङ्घाई वक्तव्यमा पनि अमेरिकी पक्षले ताइवानलाई चीनको एक भागका रूपमा स्वीकार गरी त्यसलाई चुनौती नदिने प्रतिबद्धता जनाएको उनले बताए । अमेरिकाबाट व्यक्त यी प्रतिबद्धताबाटै चीन–अमेरिका सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया प्रारम्भ भएको उनको भनाइ थियो ।

    सन् १९७८ मा जारी गरिएको चीन–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले ‘जनवादी गणतन्त्र चीनको सरकारलाई चीनको एक मात्र कानुनी सरकारको रूपमा मान्यता दिएको र चीन र ताइवान एउटै हुन् भन्ने चिनियाँ अडानलाई स्वीकार गरेको उनले स्पष्ट गरे ।

    प्रवक्ता वाङले भने– ‘सन् १९८२ कोे अगस्ट १७ मा जारी विज्ञप्तिमा पनि संयुक्त राज्य अमेरिकाले ‘चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन गर्ने वा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा दुई चीन वा एक चीन, एक नीति अवलम्बन गर्ने कुनै मनसाय नरहेको दोहो¥याएको थियो । अमेरिकाले गरेका प्रतिबद्धता सबैले हेर्न सक्छन् । ती घामझै छर्लङ्ग छन् । त्यस्ता ऐतिहासिक तथ्यलाई मेटाउन वा अस्वीकार गर्न सकिँदैन ।’

    विगत ४० वर्षदेखि संयुक्त राज्य अमेरिकाले एक चीन सिद्धान्त र संयुक्त विज्ञप्तिका तीन प्रावधानलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको बताउँदै उनले ताइवानसँगको आधिकारिक आदानप्रदानका प्रतिबन्ध अमेरिकाले उल्लेखनीय रूपमा कम गरेको, निरन्तर सैन्य अन्तरक्रिया जारी राखेको तथा ताइवानलाई उसको तथाकथित ‘अन्तर्राष्ट्रिय स्थान’ विस्तारका निम्ति खुलमखुला मदत गरेको प्रवक्ता वाङले बताए ।

    उनले हालैका वर्षमा अमेरिकी पक्षले एक चीन सिद्धान्तलाई अस्पष्ट र खोक्रो बनाउने प्रयास गरेको उल्लेख गर्दै उनले आफ्नो एक चीन नीतिलाई परिमार्जन गर्न अमेरिकाले थप विवरण प्रयोग गरिरहेको, जसमा यसको एकपक्षीय रूपमा मनगढन्ते ताइवान सम्बन्ध ऐन र छओटा आश्वासन समावेश गरिएका बताए । ती ऐन र आश्वासनलाई चीनले कहिल्यै मान्यता नदिएको र त्यसको तीक्ष्ण रूपमा विरोध गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरे ।

    चीन–अमेरिका सम्बन्ध राज्य–राज्यबिचको सम्बन्ध भएकाले त्यसलाई अमेरिकी पक्षले एकतर्फी रूपमा बनाएका नीतिबाट स्थापित नहुने बरु दुई पक्षले गरेको राजनीतिक सहमतिले मात्र निर्देशित गर्न सक्ने उनले प्रस्ट्याए । (रासस:सिन्ह्वा)

    मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.