ओटावा । क्यानडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानडाको ओन्टरियो र क्वेबेकमा आइतबार र सोमबार आएको आँधीबाट १० जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
Advertisement
यहाँ प्रतिघन्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । त्यसमा परेर यहाँका भौतिक संरचना भत्किएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस बिद्युत्विहीन भएर बसेका छन् ।
क्यानडाको धेरै जनसङ्ख्या भएको सहर मानिने ओन्टोरियोमा आँधीले रुखहरू ढालेको छ भने यहाँको बिद्युत् आपूर्तिमा पनि क्षति पु¥याएको छ ।
ओन्टोरियाको बिद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि तीन लाख ८० हजारजति नागरिक अँध्यारोमा परेका बताइएको छ ।
आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । यहाँ सन् १९९८ पछि यो पहिलोपटक आँधीले यति धेरै असर पारेको हो । (रासस:सिन्ह्वा)





