अबुजा । नाइजेरिया करिब ४३ जना अतिवादी हतियारधारीहरू सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।
नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतङ्ककारीका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ । नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् ।
यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको छ । त्यस्तै, अपहरणमा परेका अरू ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।
उनीहरूलाई यहाँ आतङ्क मच्चाइरहेका हतियारधारीले अपहरण गरी लगेका थिए । ती अपहरणकारीलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिनुभयो । (रासस:सिन्ह्वा)