बगदाद । इराकको कुर्दिस क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ । क्षेत्रीय राजधानी इब्रिलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको हो ।
Advertisement
इराकको सीमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको क्षेत्रीय गृह मन्त्रालयले जनाएको छ ।
क्षेप्यास्त्रका कारण एक जना घाइते भएका छन भने कतिपय भवनमा समेत क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।
मन्त्रालयद्धारा जारी वक्तव्यका अनुसार कुर्दिस सुरक्षा फौजले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ । घटनाका बारेमा थप जानकारी अनुसन्धानपछि मात्रै दिने पनि मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
घटनाका सम्बन्धमा अहिलेसम्म कसैले पनि जिम्मेवारी दिएको छैन । तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिसमा भएको घटनाले थप चिन्ता थपेको अधिकारीहरूले बताएका छन् । (रासस/सिन्ह्वा)