वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपमाझ बिहिबार टेलिफोन वार्ता भएको छ । सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ ।
‘राष्ट्रपति बाइडेनले शुक्रबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरूले रुसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन पुनः पुष्टि गर्दै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिनुभएको छ ।ण्
राष्ट्रपति बाइडेनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासको साथै शान्ति र स्थायित्वलाई प्रवद्र्धन गर्न मद्दत गर्ने क्षेत्रीय नेताहरूसँग टर्कीको हालैको संलग्नताको लागि प्रशंसा व्यक्त गर्नुभएको जनाइएको छ । (रासस–एएनआई)