किभ । युक्रेनमा अमेरिकी अनुदानमा रासायनिक र जैविक हतियार रहेको भन्ने रुसी आरोपको अमेरिकाले अस्वीकार गरेको छ ।
सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानुनी गतिविधिबारे झुट फैलाएको बताएको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगका खतरनाक रोगजनक जीवाणु फैलाएको बताएका थिए।
“क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधि सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झुट फैलाइरहेको छ ।
त्यसैगरी चीनका अधिकारीले पनि यी षड्यन्त्र सिद्धान्त प्रतिध्वनित गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले भनेको छ– “यो रुसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झुटा दाबी आविष्कार गरेको पहिलोपटक होइन र यस्ता दाबी धेरैपटक खारेज गरिएका छन् ।’
अमेरिकाद्वार युक्रेनका लागि खर्च विधेयक
अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ सङ्घीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ ।
विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिने छ । हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदै छ । विधेयकले ७३० बिलियन गैररक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोगका लागि १३.६ बिलियन विनियोजन गर्ने छ । (एजेन्सी)