बेइजिङ । चीनभित्रै कोरोना सङ्क्रमितहरू थप सङ्ख्यामा भेटिन थालेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी गराएअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् ।
उनीहरूका अनुसार आइतबार मात्र चीनमा कोरोनाका २१४ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेसनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २१४ जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो । यहाँका हेबेई, ग्वाङगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् ।
पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । चीनको नेसनल हेल्थ कमिसनले उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढेको पाइएको छ । (रासस:सिन्ह्वा)