प्योङयाङ । उत्तर कोरियाका प्रमुख किमजोङ उनले वृक्षरोपण गरेका छन् । विरोधीहरूले उनलाई तानाशाहको रूपम प्रस्तुत गरे पनि उनी कसरी साधारण मानिससरह काम गर्छन् भन्ने यो कार्यक्रममा देखिएको छ ।
कोरिया श्रमिक पार्टीका महासचिव तथा प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उनले मार्च २, २०२२ तदनुसार २०७८ फागुन १२ गते कोरियाका सचिवहरूको दोस्रो सम्मेलनमा सहभागीसँग मिलेर स्मरणार्थ वृक्षारोपण गरेको समाचार समाचार संस्था के.सी.एन.ए. ले उल्लेख गरेको छ ।
मार्च २ का दिन वृक्षरोपण दिवस (ट्री प्लान्टिङ डे) को अवसर पारेर उनले सम्मेलनका साथै वृक्षरोपण गरेका हुन् ।
वृक्षरोपण समारोहमा राजनीतिक ब्युरोको अध्यक्ष मण्डलका सदस्य जोयोङ वोन र डब्लु.पी.के. केन्द्रीय समितिको सङ्गठनात्मक मामिला सचिव रिइल ह्वान, किमजे र्योङ, ओइल जोङ, किमयोङ ह्वान, जुचाङ इल, किमयो जोङ र अन्यको उपस्थिति रहेको थियो ।
“जनता पहिलो सिद्धान्त” को प्रतीकात्मक ह्वासोङ क्षेत्रमा निर्माण भइरहेको “आदर्श सडक” खण्डमा महासचिव किमजोङ उन आफै उपस्थित भएर स्मृतिरुख रोप्न आउँदा पार्टीका प्राथमिक समितिका सचिवहरू निकै हर्षोल्लास र खुसीले भरिएको समाचारमा जनाइएको छ ।
महासचिव उन आइपुग्दा सबै सहभागीले खुसीले कोरियाली भाषामा सम्मानका साथ “हुर्राह” भन्दै नाराबाजी गरेका थिए ।
महासचिव तथा प्रमुख किमजोङ उनले आफूले रोपेको फर रुखको पृष्ठभूमिमा, वृक्षरोपणमा सहभागीहरूसँग तस्बिरसमेत खिचाएका थिए ।






