जेनेभा । युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यू.एन.एच.सी.आर.) ले बिहिबार जनाएको छ ।
Advertisement
आफ्नो ट्विटर ह्यान्डलमा उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्– ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशमा १० लाख शरणार्थी पलायन भएको देख्यौँ ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ । उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाव युद्धमा परिणत भएको छ ।
यसैबिच, संयुक्त राष्ट्र सङ्घको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।





