• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जापान नेपाली एकता समाज जापानमा रहेका नेपालीहरूको साझा सामाजिक संस्था हो


  •   बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
  • तेजेन्द्र क्षेत्री, महासचिव, जापान नेपाली एकता समाज

    Advertisement

    ० सर्वप्रथम त जापान देशकै बारेमा केही जानकारी गराइदिनुस् न ।

    – जापान सूर्योदयको देश भनेर चिनिन्छ । विश्वको नक्सामा पूर्वी भागमा देखिने जापानमा पृथ्वीमा सबैभन्दा पहिला घामको किरण पर्छ अर्थात् दिनको सुरुआत जापानबाट हुन्छ । समुद्रको माझमा रहेको यो देश धेरै टापुको समूह हो ।

    जापान एक विकसित देश हो । अत्याधुनिक प्रविधिको लगातार विकासको माध्यमबाट नै जापान दुनियाको सम्पन्न राष्ट्रको सूचीमा छ । यहाँको अत्याधुनिक रेल सेवालगायतका संसारले अनुशरण गर्न सक्ने भव्य प्रविधिको लोभलाग्दो समायोजन, मानवीय सेवासुविधाका लागि व्यवस्था गरिएका आकर्षक पार्क, विद्यालयहरू सबै भौतिक सुखसुविधाका संरचना सर्वसाधारणको समेत पहुँचमा छन् । सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, बिमा, शिक्षा जस्ता आधारभूत विषय पनि हरेक मान्छेलाई एक प्रकारले प्रत्यक्ष रूपमा नै सरकारको निगरानीमा उपलब्ध छ ।

    ४७ ओटा प्रशासनिक क्षेत्र भएको जापान संसारका आकर्षक सहरहरू भएको देश हो । टोकियो हालको राजधानी हो । यसबाहेक क्योतो, ओसाका, योकोहामा, कोबे पनि कुनै समय जापानका राजधानी थिए भनिन्छ । दोस्रो विश्वयुद्धमा धुरी राष्ट्रहरूलाई साथ दिएको जापानले अमेरिकाद्वारा हिरोसिमा र नागसाकीमा एटम बमको हमला बेहोर्नुप¥यो । धेरै ठुलो धनजनको नाश भयो । फेरि पनि अनुशासन र मिहिनेतले जापान संसारको विकसित देशको रूपमा उभिन सफल छ । अनुशासित, नरम र फरासिलो स्वभाव, एकले अर्कोलाई सम्मान, सत्कार गर्ने संस्कार, संस्कृतिको कोणबाट पनि जापान लोभलाग्दो देश हो ।

    सानाठुला पहाड र समथर भागको मिश्रण रहेको यो देशमा फुजी जस्ता आकर्षक हिमाल र मिश्रित हावापानी भएको देश हो । साकुरा (पैँयु) यो देशको राष्ट्रिय फूल हो । यससँग जोडिएको संस्कृति पनि गज्जबको छ ।

    ० जापानमा राष्ट्रिय सम्मेलन नै गर्ने सङ्ख्यामा नेपालीहरू छन् र ? यतिका नेपालीहरू कसरी जापान पुगे ? जापान यसरी नेपालीहरूको आकर्षको केन्द्र कसरी बन्यो ?

    – व्यक्तिगत तथा सामाजिक सुरक्षा, रोजगारका धेरै अवसर, स्वास्थ्य र शिक्षाका आधारभूत सुविधा, भौतिक संरचनाको लोभलाग्दो पक्षसँगै अर्को एउटा महत्त्वपूर्ण पक्ष यो छ : जापानको जनसङ्ख्या वृद्धिदर नकारात्मक छ । जापानका जनताको ठुलो हिस्सा वृद्धहरूको छ । यसले गर्दा यहाँको सम्पूर्ण संरचना सञ्चालनका लागि विदेशी कामदार आयात गर्नुपर्ने अवस्था छ । नेपालीहरू काममा इमान्दार र मिहिनेती भएका कारणे त्यो आवश्यकता पूर्ति गर्ने क्रममा नेपाल पनि जापानको रोजाइमा परेको हुन सक्छ ।

    सामाजिक सेवासुरक्षामा जापान सरकारले स्वदेशी र विदेशी भनेर विभेद गरेको भेटिँदैन । यस्ता खालका आकर्षणका कारण दुनियाभरिका श्रमिकहरूको रोजाइको गन्तव्य जापान हुन पुगेको छ । प्रशिक्षार्थी कामदारको रूपमा, दक्ष कामदार विशेषज्ञ, व्यवसायीको रूपमा नेपालीहरू जापानमा आउने क्रम बढेको छ । सबै गरेर नेपालीहरूको सङ्ख्या करिब एक लाखभन्दा माथि छ ।

    ० दोस्रो राष्ट्रिय सम्मेलनको तयारी कसरी चलिरहेको छ ?

    – यतिखेर जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलनको प्रचार प्रसार तीव्र गतिमा चलिरहेको छ । सम्मेलन सफल पार्नका लागि आर्थिक सङ्कलनको योजना बनाइरहेका छौँ । तेस्रो राष्ट्रिय सम्मेलनसम्मका लागि सङ्गठनलाई व्यवस्थित पार्ने गरी विधान र घोषणापत्रको मस्यौदा गरिरहेका छौँ । त्यसैगरी, एकता समाजको हालसम्मको कामकारबाहीको अभिलेखीकरण गर्दै, यस क्रममा हामीले प्राप्त गरेका उपलब्धि र कमजोरीको लेखाजोखा गर्दै आगामी कार्ययोजनासम्मका विषयलाई समेटेर प्रतिवेदन तयार पार्ने क्रममा छौँ । समुद्रपारिको देश भएका कारण जापानबाहिरका देशबाट अतिथि बोलाउन सम्भव छैन । फेरि पनि भर्चुअल र इमेलबाट भए पनि अतिथिहरूको सन्देश आउने निश्चित भएको छ । सम्मेलन सफल पार्न यथासम्भव ठुलो सङ्ख्यामा साथीहरू टोकियोमा आउनुहुने छ ।

    ० राष्ट्रिय सम्मेलनको नारामा राष्ट्रियता र गणतन्त्रको रक्षा गर्ने उल्लेख गर्नुभएको रहेछ । जापानमा बसेर नेपालको राष्ट्रियता र गणतन्त्रको रक्षा हुन सक्ला र ? यो नारा असान्दर्भिक भएन र ?

    – जापान नेपाली एकता समाजलाई कुनै न कुनै रूपमा राजनैतिक दलको भ्रातृ सङ्गठनको रूपमा रहन नदिने तथा प्रवासमा राजनीति गर्न हुँदैन भनेर जबरजस्ती व्याख्या गरिदिने, आरोपहरू भिराइदिने गरेका प्रशस्तै उदाहरण जापानमा छन् । त्यसका पछाडि दुईओटा कारणले काम गरेको छ ।

    प्रथमतः जापान नेपाली एकता समाजले जुन खालका मजदुरहरूको विषय उठाउने प्रयत्न गरेको छ, त्यसले मान्छेको व्यापार गर्ने दलालहरूको विरुद्धमा काम गर्छ । फेरि पनि जापानभित्र पनि न्यून वेतनमा काम गराउने, न्यूनतम र व्यावहारिक सेवासुविधाबाट मजदुरलाई वञ्चित गर्ने कार्य पनि व्यापक छ । तिनीहरू यस्तो विषयबाट आम जनसमुदायको ध्यान हटाउन चाहान्छन् ।

    दोस्रो, जापान नेपाली एकता समाजको गठन गर्ने समयमा वैचारिक हिसाबले जनतान्त्रिक आस्था राख्ने साथीहरूको बिचमा छलफल भएर सङ्गठनको यस्तो खालको परिकल्पना र संरचना निर्माण भयो । त्यसले पनि यस्तो विचार आएको हो ।

    यसबाहेक एकता समाजले नेपालमा हुने देशभक्तिपूर्ण, प्रगतिशील आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको छ । सीमा अतिक्रमणका विरुद्ध कार्यक्रम गरेको छ । यी कारणले पनि जनमानसमा यस्तो दृष्टिकोण पैदा भएको हुन सक्छ । एकता समाज सम्पूर्ण रूपमा सामाजिक सङ्गठन हो तर यहाँका सम्पूर्ण समस्या राजनैतिक हुन् भन्ने विषय स्पष्ट छ । त्यसैअनुसार हाम्रो व्यवहारलाई स्पष्ट पार्दै जाने छौँ । त्यसैअनुसार हाम्रो मातृभूमि नेपालको सन्दर्भमा राष्ट्रियता र गणतन्त्र रक्षाको विषयलाई राष्ट्रिय सम्मेलनको नारामा समेटेका छौँ ।

    ० राष्ट्रिय सम्मेलनको कार्यतालिका कस्तो प्रकारले निश्चित गर्नुभएको छ ?

    – हाम्रो सम्मेलन एकदिने हो । हामीले मार्च ८, २०२२ का दिन सम्मेलन सम्पन्न गर्नैपर्ने हुन्छ । जापानको व्यस्त जीवनशैली, समयको अभाव र यहाँका नेपाली कामदारहरूको समस्याले गर्दा धेरै समय दिनु सम्भव छैन । त्यस्तै, खर्चका हिसाबले पनि हामी नेपालीहरूले जापानमा धेरै दिनसम्म सम्मेलन सम्पन्न गर्न सक्दैनौँ । त्यसकारण मार्च ८ कै दिन उद्घाटन, बन्दशत्र र समापन कार्यक्रम सम्पन्न हुने छन् । हामीले त्यसैगरी चुस्तदुरुस्त कार्यतालिका निर्माण गर्ने छौँ ।

    ० जापानस्थित नेपालीहरूको समस्या कस्तो छ ? उनीहरूका समस्या के कस्ता छन् ?

    – समाजको तल्लो पङ्क्तिमा श्रमिक, मजदुरका चेतनाको स्तर नउठ्दासम्म शोषकहरूले गर्ने शोषण कम हुन्न । देश छोडेर परदेश लागेपछि सामाजिक, सांस्कृतिक कार्यदक्षता, भाषा आदि कैयौँ समस्या आइलाग्छन् । दिनदिनै र क्षण क्षणमा आउने यस्ता समस्याको भुमरीमा परेर बाध्यता र विवशताले हैरान परेका कैयौँ मान्छेहरू ढोँगी, शोषक, समाजसेवी नामक ब्वाँसाको पन्जामा पर्दछन् र झन् धेरै पीडाको पासोमा पर्दछन् । त्यसै क्रममा आत्महत्या, मानसिक तनाव र शारीरिक सिथिलताले उब्जाउने दीर्घ रोग, हर्ट अट्याक जस्ता समस्याको सिकारसमेत बन्न पुग्छन् । यसको विकल्प भनेकै मान्छेको चेतनामा सकारात्मक चिन्तन भर्ने, आत्मबल बढाउने र समाजलाई सही रूपमा बुझ्न र त्यसको व्यवहारलाई सरल रूपमा सम्पन्न गर्नु हो । जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन र यसको आगामी कार्यदिशा यसैतर्फ उन्मुख हुने छ ।

    ० जापान नेपाली एकता समाजको बारेमा केही बताइदिनुस् न ।

    – जापान नेपाली एकता समाज जापानमा रहेका नेपालीको साझा सामाजिक संस्था हो । हामी नितान्तै मजदुरको वर्गीय दृष्टिकोणमा आधारित रहेर जापानमा कर्मथलो बनाएर बस्नुभएका नेपालीहरूको दैनिक सारथिको रूपमा यो सङ्गठनलाई दृढ रूपमा उभ्याउन चाहान्छौँ । संसारभरिकै अग्रपङ्क्तिमा जापान मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताको पक्षमा उत्कृष्ट देश रहेको भनेर प्रचार गरिन्छ तर मजदुरहरूको, विशेष गरी नेपाली मजदुरको वास्तविकता भने ठिक त्यसको विपरीत छ । अनौपचारिक क्षेत्रमा हुने आर्थिक कारोबार र बेरोजगारीको फाइदा उठाउने बिचौलिया वा दलालको बिगबिगी जापानमा झन् विकराल छ । यस्तो अवस्थामा मजदुर एक्लै आफैले समाधान खोज्न असम्भवप्रायः नै छ । त्यसैले मजदुरका हक, हित र अधिकारको रक्षा र उत्थानका लागि यस्तो सङ्गठनको आवश्यकता र महत्त्व महसुस भएको हो ।

    ० जापानका नेपालीका लागि अरूले भन्दा फरक जापान नेपाली एकता समाजले के के गर्ने योजना बनाइरहनुभएको छ ?

    – नेपालबाट बैदेसिक रोजगारमा जाने भनेको नितान्त व्यक्तिगत आर्थिक उपार्जनका लागि हो । भइरहेको दुःखकष्ट कम होला; परिवारका सदस्यले सुखसजिलोसँग जीवनयापन गर्न सक्लान् भन्ने नै हो । नेपालमै सम्भावना के कति थिए ? के कारणले देश छोडेर हिड्नुपर्यो भन्ने विषयका पछाडि अनेकौँ तर्क हुन सक्छन् । देशमा भएको सामाजिक, राजनैतिक व्यवस्था यसको प्रमुख जिम्मेवार हो नै । यसबाहेक हाम्रो सामाजिक चिन्तन प्रणाली र आचरण पनि जिम्मेवार छ । जापान जस्तो समृद्ध र सभ्य देशमा पुग्दा पनि हाम्रो चिन्तन उस्तै रूढिवादी, पिछडिएको र निम्न पुँजीवादी व्यवहारसहितको भएकाले आफै थप झन्झटमा फसेका छौँ । सांस्कृतिक रूपान्तरणबाट मात्र यो समस्याको हल सम्भव छ । त्यसैले नेपाली चाडपर्व र कार्यक्रमको सम्बन्धमा सकेसम्म प्रगतिशील प्रकारले सोच्ने, चेतनाको प्रचार प्रसार र आदानप्रदानको क्रममा हामी छौँ । विदेशमा राजनीति गर्न वा राजनैतिक विषयमा छलफल गर्नुहुँदैन भन्ने विषय उठाएर यहाँका नवसामन्तहरू आफ्नो ढोँगी चरित्रलाई ढाकछोप गर्न खोज्छन् । यो केवल छलकपट मात्र हो । यस्तो घिनलाग्दो र फोहोरी राजनीति तिनीहरूले गरेका कैयौँ उदाहरण छन् । एकता समाज राजनीति र राजनैतिक दृष्टिकोणलाई सम्मान गर्छ । अराजकता र भँडुवा प्रवृतिको सधैँ भण्डाफोर गर्दछ ।

    ० विदेशस्थित नेपालीका लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि के कस्ता प्रयासहरू गरिरहनुभएको छ ?

    – नेपाल समृद्ध भए संसारको जुन कुनामा बसेका नेपाली पनि सुखी हुन्छन भन्ने दृष्टिकोण जापान नेपाली एकता समाजको हो । यसलाई सफल पार्न नेपालमा हुने प्रगतिशील र देशभक्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रवासमा रहेका नेपालीहरूलाई मताधिकारको सुनिश्चितता गर्ने हाम्रो माग छ । त्यसका लागि हामीले पटक पटक मताधिकार र समानुपातिक प्रतिनिधित्वको पक्षमा आवाज उठाइरहेका छौँ ।

    ० तपाईंहरू नेपालमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई नैतिक समर्थन गर्नुहुन्छ । त्यसका पछाडिको कारण के हो ?

    हामी प्रवास विशेष गरी जापानमा रहेका श्रमजीवी जनसमुदायको हक, हित, अधिकार र नेपाल र जापानबिचको असल सम्बन्ध स्थापित हुने कार्य र हाम्रो कला, संस्कृतिलाई विदेशी भूमिमा पनि परिचित गराउने लक्ष्यसहित स्थापित सामाजिक संस्था हो । हाम्रो समाज विचारशून्य समाज भने होइन । त्यसैले प्रवासी नेपालीहरूको मताधिकारको सुनिश्चितताको विषय, राष्ट्रियता र गणतन्त्र रक्षाको विषय, मजदुरहरूमाथिको उत्पीडन विरुद्धको वैचारिक विषयमा हाम्रा विचारहरू एकै प्रकारका छन । नेपाल समृद्ध भए नेपाली संसारमा जहाँ रहे पनि सुखी हुन्छन् भन्ने एकता समाजको भावनालाई व्यवहारमा लैजान हामीले नेपालमा हुने प्रगतिशील देशभक्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने, सहयोग गर्ने हाम्रो विधानमै उल्लेख छ । यो विषयमा जो कोहीले चलाए पनि हाम्रो नैतिक समर्थन रहन्छ† थियो र रहने छ । यस सन्दर्भमा राष्ट्रिय जनमोर्चाले सही रूपमा उठाएको छ भन्ने लाग्छ । त्यसैले हाम्रो नैतिक समर्थन रहेको हो ।

    ० २०६२–६३ सालको जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक बनिसकेको छ । एउटा प्रवासी नेपालीको नाताले भन्नुपर्दा नेपालको २०६२–६३ सालभन्दा पहिले र अहिलेको अवस्थामा के भिन्नता पाउनुभएको छ ?

    – जनताले आन्दोलन गर्ने भनेको भइरहेको व्यवस्थामा भएका गलत क्रियाकलाप, विकृति, विसङ्गति हटाएर नयाँ व्यवस्था कायम गर्नका लागि हो । म स्वयम् २०६२–६३ सालको महान् जनआन्दोलनको घाइते हुँ । चरम भ्रष्टाचार, हत्या, हिंसाले पिल्सिएको देश नेपालमा निरङ्कुश राजतन्त्र कायम थियो । हामी त्यसलाई जरैदेखि उखेलेर फाल्न सङ्घर्ष गरेका थियौँ । तर निरङ्कुश राजतन्त्रको अन्त्यपछि पनि राजनैतिक नेतृत्वको व्यवहार फेरिएन† भ्रष्टाचारको अन्त्य भएन; महङ्गी झन् आकाश छुन पुग्यो अर्थात् पुरानो व्यवस्थाको विकृत अवशेष कायमै रह्यो । दलाल नोकरशाही प्रवृत्तिमा परिवर्तन भएन । वैदेशिक हस्तक्षेप झन् बढ्दै गयो । भारतीय साम्राज्यवादको दादागिरी झन् बढेर गयो । सीमा अतिक्रमण रोकिएन । जनताको जनधनको सुरक्षा भएन । सत्ताको खिचातानीले निरङ्कुश व्यवस्था पुनस्र्थापनाको सम्भावनासमेत निम्त्याउन पुग्यो । अहिले एम.सी.सी. को विषयमा भएको बहसले त बुख्याँचाहरूको नकाब उतारेर जनतासामु स्पष्टै पारिदिएको छ । यसका विरुद्धको आन्दोलनमा हाम्रो एक्यबद्धता रहेको छ ।

    ० गैरआवासीय नेपाली सङ्घप्रति तपाईंहरूको धारणा के हो ?

    – नेपालीलाई जबरजस्ती गैरनेपालीको बिल्ला भिराइदिएर निहित स्वार्थ पूरा गर्न प्रयत्न गरिने राजनैतिक, आर्थिक स्वार्थप्रति हाम्रो गम्भीर असहमति छ । यो गैरआवासीय शब्दकै अप्राकृतिक व्याख्या हो । गलत आसय र स्वार्थले निर्मित समूहमा भ्रष्टाचार, ढोँगी चरित्रको छाकछोप, काला कर्तुतलाई सामाजिक मान्यता दिने कार्यहरू नौलो विषय हैनन् । जापानमा त यसको सबैभन्दा क्रुर रूप देखिएको छ । यसको व्याख्या यहाँ सम्भव छैन । यद्यपि एन.आर.एन. मा ठुलो सङ्ख्यामा बौद्धिक जमातले निस्वार्थ सेवा गर्ने प्रयास पनि गरेका छन् । तिनीहरूप्रति हाम्रो समर्थन छ । फेरि पनि स्थानीय स्तरमा आवश्यकताअनुसार एन.आर.एन. सँग साझा विषयमा सँगै काम गर्ने हाम्रो प्रयत्न रहेको छ ।

    ० जापानमा जिल्ला स्तरका र जातीय प्रकृतिका सङ्गठन पनि क्रियाशील रहेको देखिन्छ । उनीहरूको गतिविधिलाई कसरी लिनुभएको छ ?

    – हो । जापानमा नेपालको जिल्लालाई आधार बनाएर सङ्गठन बनाइएका छन् । त्यस्तै कतिपय जातीय चरित्रका सङ्गठन पनि क्रियाशील छन् । उनीहरूका सबै गतिविधि गलत छन् भन्ने होइन । फेरि पनि नेपालीहरूलाई एउटै अखिल जापान स्तरको सङ्गठन बनाएर एकताको सूत्रमा बाँध्ने लक्ष्यको आधारमा हेर्ने हो भने यस खालका सङ्गठनको भूमिका उचित देखिँदैन । हामीले ती सङ्गठनसित स्थानीय आवश्यकताअनुसार सहकार्य गर्न सक्छौँ । त्यसका साथै ती सङ्गठनसित सङ्कीर्ण सीमाभित्र रहेर होइन, नेपाली जनताको बृहत् हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न अनुरोध पनि गरिरहेका हुन्छौँ । यसका साथै मातृभूमिप्रतिको अगाढ मायालाई घनीभूत पार्दै प्रवासमा आर्जन गरेको ज्ञान, सिप, सम्पत्तिलाई नेपालमा सही सदुपयोग गर्न प्रेरित गर्न पनि हामीले विभिन्न सङ्घसंस्थाहरूसँग हातेमालो गर्दै अगाडि बढने छौँ ।

    ० अन्तमा, युगदर्शन मिडियामार्फत् भन्नुपर्ने केही छन् कि ?

    – अन्तमा, जापान नेपाली एकता समाजको दोसो राष्ट्रिय सम्मेलन आउँदो मार्च ८ का दिन टोकियोमा सम्पन्न हुन गइरहेको छ । सम्पूर्ण जापानवासी नेपालीहरूको न्यानो माया, सदभाव, सहयोग र समर्थनले हामीले एक दशक लामो यात्रा पार गरेका छौँ । संरचनागत अवस्थामा रहेको हाम्रो सङ्गठन नेपालीहरूको दैनिक जीवनको एक हिस्सा बनाउन मिहिनेत गर्ने छौँ । सम्मेलनमा उपस्थित भएर भव्य र सानदार रूपमा विचारको आदानप्रदान गर्नुहुन अनुरोध गर्दछौँ ।

    त्यसैगरी जापान नेपाली एकता समाजको विचारलाई तपाईंहरूको लोकप्रिय मिडियामा राख्ने अवसर दिनुभएकोमा युगदर्शन मिडियाप्रति धन्यवाद दिन चाहान्छु ।

    प्रस्तुति : प्रकाश थापामगर

    बिहिबार, फागुन १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.