मस्को । युक्रेनको सिमानाबाट पहिलोपटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ ।
मस्कोको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार दक्षिणी सैन्य जिल्लाका एकाइ, रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि तिनीहरूको स्थायी तैनाती बिन्दुमा सर्दै छन् ।
सरकारी टेलिभिजनले रुस नियन्त्रित प्रायद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैन्य एकाइका तस्बिर देखाएको समाचारमा जनाइएको छ । तर पश्चिमी नेताहरू चिन्तित छन् कि रुसले अझै युक्रेनमा आक्रमण गर्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार मस्कोद्वारा आक्रमणको धेरै सम्भावना रहेको चेतावनी दिनुभएको छ ।
रुसी दाबीको बाबजुद वासिङगटन र यसका सहयोगीहरूले अझै पनि दशौँ हजार सेना फिर्ता गर्ने कुरा प्रमाणित गर्न नसकेको बाइडेनले बताउनुभएको छ । (रासस/एएफपी)





