ओटावा (क्यानडा) । क्यानडाले चीन र लिथुआनियाबिच चलिरहेको व्यापार विवादमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) वार्तामा सामेल हुन आग्रह गरेको ग्लोबल अफेयर्स क्यानडालाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
‘क्यानाडाले बहुपक्षीय व्यापार प्रणालीको प्रवर्धन र रक्षा गर्न हाम्रो हितमा विश्व व्यापार सङ्गठनमा चीनसँग इयुको विवादबारे परामर्समा सामेल हुन अनुरोध गरेको छ’ क्यानाडाको विदेश मन्त्रालयले बिहिबार एक विज्ञप्तिमा सो उल्लेख गरिएको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।
यसबाहेक ग्लोबल अफेयर्स क्यानडाले ओटावाले चीनको व्यापारिक कार्यबाट चिन्तित भएको, आर्थिक जबरजस्तीको विरोध गरेको र समान विचारधारा भएका देशहरूसँग उभिएको उल्लेख गरेको छ।
गत वर्षको डिसेम्बरदेखि चीनले लिथुआनिया वा लिथुआनियासँग जोडिएको आयात र निर्यातमा कडा प्रतिबन्ध लगाउन थालेको छ । आयोगले पटक पटक चिनियाँ अधिकारीसमक्ष यो विषय उठाइसकेको छ ।
युरोपेली आयोगले यसले विभिन्न प्रकारका चिनियाँ प्रतिबन्धका प्रमाण निर्माण गरेको छ । ‘यसमा भन्सारको माध्यमबाट लिथुआनियाली सामान खाली गर्न अस्वीकार, लिथुआनियाबाट आयात आवेदन अस्वीकार गर्ने र अन्य इयु सदस्य राष्ट्रहरू बाहिर काम गर्ने इयु कम्पनीलाई दबाब दिनेलगायतका विषय समावेश छ ।
डब्ल्युटिओ मुद्दामा प्रतिक्रिया दिँदै बेइजिङले लिथुआनियाको तथाकथित चीनको ‘जबरजस्ती आधारहीन र तथ्यलाई बङ्ग्याएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा भने– ‘चीन र लिथुआनियाबिचको समस्या राजनीतिक हो, आर्थिक होइन । ती विषय लिथुआनियाले चीनको हितमा चोट पु¥याउने नराम्रो विश्वासका कार्यबाट उत्पन्न भएको हो, लिथुआनियामाथि चीनको दबाबले होइन । (रासस–एएनआई)





