लन्डन । बृटिस प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताउनुभएको छ । उहाँले बुधबार सो घोषणा गर्नुभएको हो ।
Advertisement
बेलायतमा आगामी मार्चको २४ सम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरू लगाइएको छ । तर त्यसअगावै सबै प्रकारका प्रतिबन्धलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उहाँले गर्नुभएको छ ।
उहाँले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिन मात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताउनुभयो । उहाँले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो । (रासस: सिन्ह्वा)