रियो दी जेनेरियो । ब्राजिलमा बेमौसमी वर्षा हुँदा कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहँदा सो क्षति भएको हो ।
वर्षाबाट गत २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पती र उनीहरूका दुई सन्तान पुरिएका छन् । पुरिएको स्थानबाट उनीहरूको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ ।
वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरू केही हराइरहेको बताइएको छ । हराइरहेकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचना पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ । (रासस/सिन्ह्वा)





