• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राष्ट्रिय सभामा ‘इन्ट्रि’ गर्दै गरेका राजेश विकलाई जापानबाट खुला पत्र !


  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
  • कमरेड राजेशजी, हार्दिक अभिवादन ! साथै, हार्दिक बधाई तथा कार्यकाल सफलताको अग्रिम शुभकामना । तपाईको यात्रामा ठेस नलागोस्।

    Advertisement

    कमरेड,
    तपाईंलाई त्यो पुरानो सम्झना दिलाउन यो चिठी लेख्न मन लाग्यो ।यी शब्दहरू तपाईंले राष्ट्रिय सभाको सदस्यमा पदबहाली गरेको अवस्थामा खर्चिनुहोला भनेर उपहार दिएको छु । विश्वास छ स्वीकार्नु हुनेछ ।

    लामो इतिहास र कहानी छ तपाई र मेरो बिचमा । त्यो बेला जतिबेला देशमा पञ्चायती व्यवस्थाको चर्को दमन र जातीय छुवाछुत थियो । म भर्खरको स्कूले विद्यार्थी थिएँ । ‘टिन यज’ पनि नकाटेको । त्यतिखेर बाहुन गाउँमा एउटा दलितलाई कस्तो व्यवहार गरिन्थ्यो त्यो हजुरलाई थाहा भएकै कुरा हो । मलाई त तपाईंहरूको स्कूलिङले वामपन्थी आस्थाप्रति एकोहोरो बनाएको थियो ।

    तैपनि समाजमा प्रयोग गर्न सहज थिएन । त्यसमा पनि म र मेरो गाउँको बस्ती ब्रामहण बस्ती । त्यही बिचमा तपाईंलाई गाउँलेहरू सामु राखेर जनवादी गीत सुनाएर आफूलाई प्रयोग गर्न कौतुहलित थिएँ । जे होला भनेर मनमा दह्रो निर्णय गरेँ र तपाईसँग कुरा राखेँ । तपाईंले सहजै स्वीकारी दिनुभयो । त्यसले आफूले निकै जितेको महसुस गरेँ ।

    हुन त मेरो गाउँ कम्युनिष्टलाई लुकाउने रक्षा कवच हो । त्यहाँ को गएन होला र ? को लुकेन होला र ? तैपनि आफैँले यो नेतृत्व र पहल गरेर एक दलितको छोरोलाई बाहुनहरूका बिचमा राखेर गितारको तालमा जनवादी गीत गाउन लगाउनु, बाहुनको घरमा बसेर सँगै खाना खानु र सँगै छोइएर बस्नु सजिलो थिएन । तपाईंलाई हेक्का होला नहोला ? जीवन शर्माले त जहिलेपनि बरेखानीको मुक्त कण्ठले अहिले पनि प्रसंशा गर्नुहुन्छ । ती दिनमा हजुरलाई बरेखानीले गरेको स्वागत र संरक्षण, त्यसको कोशेली स्वरूप तपाईंका जनवादी गीतहरूको गहिरो सम्बन्ध छ अहिले पनि ।

    वर्षौंपछि अझ भनौँ दशकौँपछि आज त्यही मित्र र कमरेड राष्ट्रिय सभामा दलितकै कोटामा पर्नुलाई के भन्ने ? छुवाछुतको अन्त, सामाजिक परिवर्तन र राजनीतिक उपलब्धि भन्ने कि सांस्कृतिक आन्दोलनको ज्वारभाटा उठाउन अझै बाँकी छ भन्ने ? प्रश्न अनुत्तरित छ !

    यही बिचमा युगदर्शनमा लेखिएको समाचारमा देखेँ ‘राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजेश विकलाई अगाडि सारेको छ । पाँच दलीय गबठबन्धनमा भएको सहमति अनुसार राजमोले पाउने एक सिटमा विकलाई उम्मेदवार बनाउने निर्णय गरिएको उपाध्यक्ष दुर्गा पौडेलले बताउनु भयो। ‘हाम्रो तर्फबाट तुलप्रसाद विश्वकर्मा (राजेश विक) लाई उम्मेदवार बनाउने निर्णय भएको छ’ पौडेलले भन्नुभयो, ‘राजमोको भागमा परेको दलित क्लस्टर अन्तर्गत लुम्बिनी प्रदेशबाट पार्टीले उहाँलाई उठाउने निर्णय गरेको हो ।’

    • राजेश विक राष्ट्रियसभाको उम्मेदवार

    यो समाचार पढेर म भित्र एउटा ज्वारभाटा उठ्यो र तपाईलाई यो पत्र लेख्न मन लाग्यो ।

    कमरेड ,
    तपाईंहरू जस्ता कलाकारले विचार र सिद्धान्तका आधारमा जनताका गीत नगाएको भए, जातीय उत्पिडन र छुवाछुतका विरूद्ध आवाज नउठाएको भए, सामाजिक दमन र अन्याय अत्याचारका विरूद्ध आवाज उठाउन नसकेको भए, गरिब दुःखी भोका नांगा श्रमजीवी सर्वहारा वर्गका गीतहरू नगाएको भए पञ्चायती व्यवस्थाको अन्त गर्न पनि कति समय लाग्थ्यो होला ? ‘कलम हुनेहरू कलम लिएर उठ, तरबार हुनेहरू तरबार लिएर उठ हातमा केही नहुनेहरू आवाज लिएर उठ’ भन्ने शंखघोष गर्न नसकेको भए आजको यति उपलब्धि पनि प्राप्त हुने थिएन । तसर्थ तपाईं कलाकारहरूको जन चेतना जगाउन र संघर्षमा जनतालाई सहभागी बनाउन ठूलो हात छ ।

    एउटा विचारले सुसज्जित भएर मनोरन्जनसँगै जनताको मुक्ति आन्दोलन नजोडेको भए नेताका भाषणले मात्रै चेतना जागृत हुने थिएन । यो अहिलेको हजुरको छनोटको निर्णय त्यसैको उपहार स्वरूप हो भन्ने बुझाईमा अतिशयोक्ति नहोला । भलै, तपाईं त दलितको कल्स्टरमा पर्नु भएको रहेछ । प्रगतीवादी कलाकारको कलस्टरको व्यवस्था पनि हुनुपर्ने थियो । सायद संविधानमा व्यवस्था छैन होला ।

    हो, तुल प्रसाद विक दलितको क्लस्टरमा पर्नु राम्रै हो (राम्रो चाहीँ कदापी होइन) । त्यसका लागि गठबन्धनका अरू पार्टीलाई पनि धन्यबाद नदिइरहन सकिँदैन । तर तुल प्रसाद, कमरेड राजेश नभएको भए त्यो के सम्भव थियो त ? थिएन । तसर्थ राजेश बन्नुमा तपाईको दशकौंको त्याग, पार्टी प्रतिको इमान्दारिता, जातीय समता समाजको नेतृत्व र रक्तिम सांस्कृतिक अभियानको जिम्मेवारी बहन जस्ता कुराहरू कारक हुन् ।

    भनिन्छ, बागलुङ नेता जन्माउने जिल्ला हो । तपाईं त्यही बागलुङको छोरा हो जसले आफ्नो राजनीतिक यात्रा त्यहीँबाट शुरू गर्यो । परिस्थितिले अहिले बागलुङमा तपाईंको बसाई नभए पनि तपाईसँगको भावनात्मक सम्बन्ध बागलुङले गुमाउनु हुँदैन । त्यो गुम्न नदिनुहोला ।

    साच्चिकै भन्ने हो भने बागलुङबाट आज हरेक पार्टी र संघ संस्थाले हरेक क्षेत्रमा नेता पाई रहेको देखिन्छ । यो अवस्थामा ल्याइपुर्याउन तपाईंहरूको निरन्तर प्रशिक्षण र प्रत्यक्ष जनता र कार्यकर्ताका बिचमा भिज्न सक्नु हो । पार्टीको दृष्टीकोण बोकेर पार्टीकै निर्देशन बमोजिम जिम्मेवारी बहन गरिरहनु नै राष्ट्रिय जनमोर्चाको छनोटमा पर्नु हो ।

    कमरेड,
    पदमा पुगेपछि पनि तपाईको जन्म ठाउँ र जिल्लामा आफ्नो उपस्थिति पुर्याउन सक्नुहोला । ‘खोली तरेर लौरी विर्सिने’ प्रवृतिका विरुद्ध लडाईं आफैँबाट शुरू गर्नुहोला । नेता त यस्तो हुनुपर्छ भन्ने उदाहरण बन्नुहोला ।सकेजती जनताको काम गर्नुहोला । देशका विकृत प्रवृतिका विरुद्ध आवाज बुलन्द गर्नुहोला र त्यो बिचबाट प्रत्यक्ष जनता लाभान्वित हुने हरेक प्रोजेक्ट लिएर जनतालाई सेवा गर्नुहोला । तपाईंले नलिए अरू कसैले लिन्छ र त्यसको फाईदा आफूले उठाउँछ ।

    बिगतमा हाम्रा प्रतिनिधिहरूबाट हुन नसकेका कामहरू पनि तपाईंले पुरा गर्नुहोला । तपाईंको पदावदी सकिएपछि पनि त्यो समाजमा तपाईंका सकारात्मक कुरा जनताले गरिराखुन् । तपाईंका कामले पार्टीको जनसंगठन अझ मजबुत बन्न सकोस् । भविष्यको पिंढिले पनि तपाईंलाई देखाएर उदाहरण दिन सकोस् । हाम्रो महान यात्राका लागि तपाईंको पद बाधक नबनोस् । बेलामौकामा पार्टीको निर्णय उल्लंघन पनि हुने गरेका छन्, त्यस्तो तपाईबाट नहोस् ।

    कमरेड,
    नेतालाई पार्टीप्रति बफादार रहनु अनिवार्य शर्त हो । तर जनप्रतिनिधिलाई पार्टी भन्दा माथि उठेर जनताप्रति उत्तरदायी र बफादार हुनु जरूरी हुन्छ । किनकी त्यो कार्यकालका लागि त्यो क्षेत्रका जनतासँग सरोकार राख्ने काम गर्ने प्रतिनिधि उही मात्रै हुन्छ । तसर्थ त्यो प्रतिनिधि पार्टीभन्दा माथि रहेर काम गर्ने पार्टीको सिपाही हो । तपाई त्यही बन्नुहोला ।

    अग्रिम बधाई तथा शुभकामना सफल कार्यकालको ।

    उही तपाईंको यादगार
    हेमलाल गौतम
    अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सल्लाहकार
    तथा जापान नेपाली एकता समाज केन्द्रीय सदस्य ।
    २०२२–१–६

    • राजमोका लागि पहिलो पटक राष्ट्रिय सभाको ढोका खुल्दै, राजेश विकको जित ‘निश्चित’

    शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.