• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजमोका लागि पहिलो पटक राष्ट्रिय सभाको ढोका खुल्दै, राजेश विकको जित ‘निश्चित’


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका तुलबहादुर विश्वकर्मा (राजेश विक) राष्ट्रिय सभामा निर्वाचित हुने करिब निश्चित भएको छ । राजेश विक विजयी भएमा राजमोका लागि पहिलो पटक राष्ट्रिय सभाको ढोका खुल्नेछ ।

    Advertisement

    आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट विक लुम्बिनी प्रदेश अन्तर्गत दलित कोटाबाट उम्मेदवार हुनुहुन्छ । उहाँको प्रतिस्पर्धीका रुपमा नेकपा (एमाले) का कृष्णबहादुर विकले उम्मेदवारी दिनुभएको छ ।

    लुम्बिनी प्रदेशमा गठबन्धन र एमालेबीचको प्रतिस्पर्धामा गठबन्धन ९ सय ४६ मतका साथ अगाडि छ । यदी निर्वाचन हुने दिनसम्म गठबन्धनको अवस्था यथावत नै रहेमा राजेश विकको जित सुनिश्चित हुनेछ भने राजमो राष्ट्रिय सभामा प्रवेश गर्ने छ ।

    राष्ट्रिय सभामा प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नेछन् । उनीहरुको मतभार पनि फरक हुन्छ ।

    लुम्बिनी प्रदेशमा प्रदेश सभाका ८१ जना सदस्यहरु मतदाताको रुपमा रहनेछन् । एकजना प्रदेश सभा सांसदको मतभार ४८ छ।
    यहाँ गठबन्धनमा सामेल नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादीका ४, राष्ट्रिय जनमोर्चाका १ र एकीकृत समाजवादीका १ सांसद छन् । यसबाट प्रदेश सभामा गठबन्धनको मतभार २ हजार १ सय १२ हुने देखिन्छ। यस्तै, प्रदेश सभामा एमालेका ३६ जना सदस्य रहेकाले त्यहाँ उसको मतभार १ हजार ७ सय २८ छ।

    राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनी प्रदेशमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ३६, जसपाका १३, राजमोका ५, एकीकृत समाजवादीका ४ (एक जना नेपाली कांग्रेसमा प्रवेश) गरी १ सय २१ जना प्रमुख–उपप्रमुख छन्। यो संख्या भनेको २ हजार १ सय ४६ मतभार हो। लुम्बिनी प्रदेशमा स्थानीय तहमा एमालेका ८८ जना प्रमुख–उपप्रमुख छन् । यो संख्या भनेको १ हजार ५ सय ८४ मतभार हो ।

    प्रदेश सभा र स्थानीय तहका सबै मतदाताको मतभार हिसाब गर्दा गठबन्धनको पक्षमा ४ हजार ३ सय ८ र एमालेको ३ हजार ३ सय १२ मत प्राप्त देखिन्छ। यसले गर्दा एमालेका कृष्णबहादुर विक भन्दा राजमोका उम्मेदवार राजेश विक ९ सय ४६ मतले अगाडि देखिनुभएको छ ।

    ६० सदस्यीय राष्ट्रिय सभामा ५७ जना सदस्य प्रदेश सभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिबाट निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । आगामी माघ १२ गते रिक्त १९ सिटका लागि निर्वाचन हुन लागेको हो ।

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.