• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

कर्णालीमा युवा जलवायु सम्मेलन

आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

पोखरामा सयपत्री पुष्प मेला सुरु

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु


  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ लागु गरेको छ ।

    Advertisement

    चाडपर्वको समयमा शान्तिसुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।

    प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ भने सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।

    प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियोबत्ती तथा पटाकाबाट हुन सक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा बिपद् व्यवस्थापन टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए ।

    उनका अनुसार देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै, पटकालगायतका ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष चेकिङ टोली परिचालन गरिएको छ ।

    प्रहरीले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।

    चाडपर्वका अवसरमा आयोजना हुने र्‍याली, जुलुस तथा शोभायात्राका क्रममा दुई समुदायबिच हुन सक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रवक्ता काफ्लेले बताए ।

    राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउन्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई पर्न सक्ने असरलाई ध्यानमा राखेर निगरानी बढाइएको उनको भनाइ छ ।

    चाडपर्वका नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने तथा जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाका घटना हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको छ, साथै मेला तथा सार्वजनिक स्थलमा प्लास्टिक, फूलमाला र पूजा सामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ ।

    प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताए ।

    तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैमा आग्रह गरेको छ । पटका तथा आतिशबाजीको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा घाइतेको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

    शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन
    गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय
    कर्णालीमा युवा जलवायु सम्मेलन
    आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने
    महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल
    काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

    • २.
      गोरखाको चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो दुई सय

    • ३.
      शान्तिसुरक्षा कायम गर्न चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु

    • ४.
      कर्णालीमा युवा जलवायु सम्मेलन

    • ५.
      आज हिमाली क्षेत्रमा वर्षा हुन सक्ने

    • ६.
      महिला सङ्घ ढोरपाटनको तेस्रो भेला, अध्यक्षमा पौडेल

    • ७.
      काठमाडौँमा प्रगतिशील देउसीभैलो कात्तिक २२ गतेदेखि

    • ८.
      दाङको राप्तीमा महिला सङ्घको वडाभेला मङ्सिरमा, प्रशिक्षण पुसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.