दाङ । दाङको राप्ती गाउँपालिकामा अखिल नेपाल महिला सङ्घले मङ्सिरमा वडाभेला तथा पुसमा प्रशिक्षण वडाभेला गर्ने भएको छ ।
२०८३ कात्तिक १९ गते सम्पन्न महिला सङ्घ राप्ती पालिका समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
पालिका समितिकी अध्यक्ष कृष्णा पोख्रेलको अध्यक्षतामा बसेको सो बैठकले आगामी मङ्सिर मसान्तभित्र पालिकाका सम्पूर्ण वडामा भेला गरेर वडा समिति गठन गर्ने निर्णय गरेको छ ।
भेला सम्पन्न गर्नका लागि जिल्ला उपाध्यक्ष कमला बेल्बासे, जिल्ला सचिव बिजुला केसी, पालिका समितिका अध्यक्ष कृष्णा पोख्रेल, पालिका उपाध्यक्ष हस्ता आचार्य र पालिका सचिव चम्फा भुसालको जिम्मेवारी तोकिएको बताइएको छ ।
त्यस्तै, सैद्धान्तिक, वैचारिक तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम पुस महिनामा आयोजना गरिने भएको छ ।
कम्तीमा एक हप्तासम्म चल्ने उक्त कार्यक्रमको व्यवस्थापनको लागि पालिका अध्यक्ष पोख्रेल, सचिव भुसाल र सदस्य समितिकी सदस्य सरिता सुवेदीको जिम्मेवारी रहनेछ ।
बैठकमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य र महिला सङ्घकी जिल्ला उपाध्यक्ष कमला बेल्बासेको उपस्थिति रहेको थियोे ।






