• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • ढाका, १९ कात्तिक : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याउनुभएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहनुभएकी उहाँले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताउनुभएको छ ।

    Advertisement

    प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उक्त घटनामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउनुभएको छ । बङ्गलादेशले पटकपटक सुपुर्दगी मागे पनि भारतले उहाँलाई हस्तान्तरण गरेको छैन ।

    एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै उहाँले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताउनुभएको छ । स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उहाँको भनाइ छ ।

    हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गत फेब्रुअरीमा भएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आउनुभएको थियो । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।

    हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाउनुभएको छ । उहाँले देशमा सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको दाबी गर्नुभएको छ । सरकारले भने पक्राउका घटनामा कानुनी आधार रहेको बताउँदै आएको छ ।

    विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्ने अवस्था नरहेको बताउँदै हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसङ्ख्यकमाथिको धम्कीप्रति चिन्ता जनाउँदै आएका छन् । युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो । वर्तमान सरकारले बिग्रँदो कानून तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
    तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे
    युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
    लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती
    मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • २.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ३.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    • ४.
      तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    • ५.
      युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

    • ६.
      लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

    • ७.
      मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    • ८.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.