खिमराज चालिसे, चन्डिगढ ।
Advertisement
भारतको पन्जाब बठिन्डामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा तिजी कार्यक्रम तथा रसुवाबाढीका मृतकप्रति श्रद्धाञ्जली सभा साथ सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य नरबहादुर ओलीको प्रमुख आतिथ्यमा सेप्टेम्बर १५, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा नगर समितिका अध्यक्ष नारायण केसी, नगर समितिका गणेश पोख्रेल, महिला नेतृ भावना पुलामी, सीता नेपाली र समाजसेवी ओम केसीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सुरुमा रसुवाबाढीमा ज्यान गुमाएका मृतक र ज्ञातअज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
नगर महिला संयोजक माया ओलीको अध्यक्षतामा तथा नरबहादुर मरमाठानीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सुनिता पुनमगरले स्वागत गर्नुभएको थियो ।


