पेरिस । फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावी गरेका छन् । उनीहरूले यसलाई अझ बढी संक्रामक भएको दाबीसमेत गरेका छन् ।
वैज्ञानिकहरूले यो नयाँ बी.१.६४०.२ भेरियन्टलाई आई.एच.यू. मेडिटेरेन्स इन्फेक्सनका नाम दिएका छन् । वैज्ञानिकले यो संस्करणमा ४६ ओटा उत्परिवर्तन भएको बताएका छन् । यो स्वरूपका कम्तीमा १२ जना सङ्क्रमित मार्सेमा फेला परेका छन् ।
फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए । संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका बेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ ।
बी.१.६४०.२ स्वरूप फ्रान्सबाहेक अन्य कुनै पनि देशमा फेला परेको छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसबारे अनुसन्धान सुरु गरिसकेको छैन ।
यसअघि २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो । हालसम्म यो एक सय देशमा फैलिसकेको छ । (एजेन्सी)