काठमाडौं । भारतमा हरेक दिन ६१ गृहिणी महिलाले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । भारतको नेसनल क्राइम रेकर्ड्स ब्यूरो (एनसीआरबी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष देशभरि २२ हजार ३७२ गृहिणीहरूले आत्महत्या गरेका थिए।
Advertisement
त्यसले दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरिरहेको देखाउँछ । सन् २०२० को तथ्यांकअनुसार भारतमा १ लाख ५३ हजार ५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशतमा गृहिणीहरूले अकाल मृत्युवरण गरेका बीबीसीले जनाएको छ ।
यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो।
सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्न थाल्यो। त्यसयता २० हजार भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५ हजार ९२ पुगेको थियो।