पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न मदत गर्ने फ्रान्सको दृढसङ्कल्पता व्यक्त गर्नुभएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग शुक्रबार फोनवार्ता गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
युरोपेली सङ्घले रुसलाई आफ्नो दक्षिण–पश्चिमी छिमेकीसँगको सीमामा सेना जम्मा गरेर युक्रेनमा आक्रमण गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि यो वाचा आएको सञ्चार माध्यम फ्रान्स–२४ ले बताएको गरेको छ ।
म्याक्रोनका अनुसार दुबै राष्ट्रपतिहरूले युक्रेन, रुस, फ्रान्स र जर्मनीलाई समावेश गर्ने चारतर्फी नर्मन्डी ढाँचाअन्तर्गत वार्ता पुनः सुरु गर्ने आवश्यकतामा सहमति भएका छन् ।
फ्रान्सेली राष्ट्रपतिले आगामी दिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने र आगामी डिसेम्बर १५ मा ब्रसेल्समा जेलेन्स्कीसँग फेरि कुरा गर्ने बताउनुभएको छ।
म्याक्रोनको जेलेन्स्कीसँग फोन वार्तालाप युक्रेनी सीमानजिक रसियाले भर्खरै सेना निर्माण गरेपछि पूर्वी युरोपमा तनाप बढिरहेको बताइएको छ । (रासस/एएनआई)