काठमाडौं । पश्चिमी बुल्गेरियामा एउटा बस दुर्घटनापछि आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। राजधानी सहर सोफियाको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको बोस्नेक गाउँनजिकै उक्त बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
Advertisement
स्थानीय अधिकारीले बताएअनुसार दुर्घटनामा मृत्यु हुनेमा केही बालबालिका पनि छन् । दुर्घटनामा परेका सातजनाको सकुशल उद्धार गरिएको छ। यो बस टर्कीबाट नर्थ म्यासिडोनियातर्फ गइरहेको समाचारमा उल्लेख छ।
अहिले यो बस दुर्घटना र आगलागीको कारण खुलेको छैन । बुल्गेरियाका गृहमन्त्रीले घटनास्थलको निरीक्षण गरेका छन् । उनले बसमा सवार मानिसहरुको शव पूर्णरुपमा जलेको अवस्थामा रहेको बताएका छन् ।