नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता अपनाइएको छ ।
Advertisement
भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघि देखि जिका भाइरसका किटाणुहरू बढ्दो अवस्थामा देखिएको बताएका छन् ।
उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ ।
उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीले गएको दुई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ । दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँदिल्लीमा पनि यो भाइरसको सङ्क्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताउनुभयो ।
उहाँले यहाँका सबै सरकारी अस्पतालमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताउनुभयो । (राससzikaसिन्ह्वा)