जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले युरोप कोरोना महामारीको केन्द्रविन्दु बन्दै गइरहेको बताएको छ ।
सङ्गठनले युरोपमा गत महिनामा कोरोना सङ्क्रमण ५० प्रतिशतभन्दा बढेको बताए । खोपको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको उहाँको टिप्पणी छ ।
‘त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत बराबर हुन सकेको छैन, जसले समस्या निम्त्याएको छ’ डब्लुएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले बिहिबार पत्रकार सम्मेलनमा भने ।
उनले युरोपेली अधिकारीहरूलाई खोपमा “अन्तर बन्द“ गर्न आग्रह गरे ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार आफ्नो जनसङ्ख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले रोक्नुपर्छ र यसको सट्टा विकासोन्मुख देशलाई उनीहरूसँग रहेको खोप प्रदान गर्नुपर्दछ ।
‘इम्युनो–सम्झौता भएका मानिसलाई बाहेक अरू कुनै बुस्टर मात्रा दिन हतार गर्नुपर्दैन’ टेड्रोसले भने ।
उनले खोप निर्मातालाई कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन पनि आह्वान गरे । (रासस/एपी)