न्युयोर्क । संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय एकजना अधिकारी अफगानिस्तानका लागि “युएन वुमन” का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताउनुभएको हो ।
उहाँले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन् ।
उहाँले भन्नुभएको छ– अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका सङ्घसंस्थाले पनि यहाँ महिला अधिकार र उनीहरूको सशक्तीकरणका लागि सहयोग गर्नुपर्दछ ।
उहाँले हाल केही समययता देखि अफगानिस्तानमा तालिबानी विद्रोहीको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाले अफगानिस्तानलाई सहयोग गरिरहेको प्रसङ्ग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गर्नुभएको हो ।
तालिबानीहरूले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरू अधिकारकाबाट बञ्चित नगर्न विश्वभरिबाट आग्रह गरिरहेका छन् । (रासस/सिन्ह्वा)





