याङ्गुन । म्यानमारमा प्रजातन्त्र समर्थक कैदीका परिवारका सदस्यहरू मङ्गलबार यहाँका विभिन्न जेलबाहिर जम्मा भएका छन् ।
Advertisement
सैन्य सरकारले हजारौँको सङ्ख्यामा उनीहरूका आफन्त रिहा गर्ने प्रतिबद्धता जनाएपछि यस्तो भिड जम्मा भएको हो ।
गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी कू गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताउनुभएको थियो । अक्टोबरको अन्त्यमा बौद्ध थन्डिथग्युत पर्वको उपलक्ष्यमा पाँच हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्वालानले सो जानकारी दिनुभएको हो ।
छ महिनापछि आफ्ना परिवार जन छुट्टेपछि भेटघाटको सम्भावनाले खुसी भएका आफन्त जनको जेलबाहिर भिड लागेका समाचारमा जनाइएको छ । (रासस÷एएफपी)