मस्को । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ ।
Advertisement
यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ तर सो वार्तामा आफू सहभागी नहुने अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भन्नुभएको छ– केही प्राविधिक कारणले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ ।
तर ती के प्राविधिक कारण हुन् भन्नेबारेमा भने उहाँले केही बताउनुभएको छैन ।
उता, रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताउनुभएको थियो । (रासस/सिन्ह्वा)