सोल । उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।
Advertisement
दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको समाचारमा उत्तर कोरियाले यस्तो दाबी गरेको हो ।
दक्षिण कोरियाली सेनाका प्रमुखले भनेका छन्– उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ । उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ । तर अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
उक्त क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तर कोरियाले भने प्रारम्भिक रूपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्नेबारेमा उसले कुनै पुष्टि गरेको थिएन । (रासस/सिन्ह्वा)