काबुल । अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेको बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी भएको हमलामा आइएसको हात रहेको बताएको हो ।
अफगानिस्तानका विद्रोही तालिबानले गत महिना विद्रोह गरेर शासन हत्याएपछि गत शुक्रबार सबैभन्दा ठुलो हिंसात्मक हमला भएको थियो । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समय पारेर सो आक्रमण गरेको थियो ।
उक्त आत्मघाती हमलामा परी कम्तीमा ५० जना मारिएको अधिकारीहरूले बताएका छन् । अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् । यहाँको एक मस्जिदमा गरिएको सो हमलामा परी मारिएकामा अल्पसङ्ख्यक सिया समुदायका नागरिक रहेको बताइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तालिबानले सत्ता लिएपछि यसअघि पनि इस्लामिक स्टेटले कतिपय स्थानमा हमला गरी नागरिकको हत्या गरेका थिए । (रासस÷सिन्ह्वा)