• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘विचारविहीनता विद्यार्थी आन्दोलनको मुख्य समस्या हो’


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलनको तयारी कसरी चलिरहेको छ ?
    हामीले सङ्गठनको ऐतिहासिक बाइसौँ राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा २०७८ असोज २२ गतेदेखि २४ गतेसम्म सम्पन्न गर्न गइरहेका छौँ । सम्मेलनको तयारीको क्रममा गरिनुपर्ने आन्तरिक साङ्गठनिक कार्यहरू भइरहेका छन् । विभिन्न जिल्ला सम्मलन, भेला र बैठकहरू सम्पन्न भइरहेका छन् । कोभिडको कारणले गर्दा हामीले सबै जिल्ला भेला र सम्मेलनहरू प्रतिनिधिमूलक गर्ने निर्णय गरेका थियौँ । अब जिल्लाका बैठकहरू बसेर प्रतिनिधि छान्ने कार्य भइरहेको छ । स्थल व्यवस्थापनमा साथीहरू खटिइरहनुभएको छ । प्रतिनिधिहरूले छलफल गर्ने, खाने, बस्ने व्यवस्थापनमा सहजता ल्याउने प्रयत्न गरेका छौँ । उद्घाटन र बन्दसत्रका लागि आवश्यक प्राविधिक तयारी भइरहेका छन् । हामी सम्मेलन तयारीको अन्तिम चरणमा छौँ ।

    Advertisement

    कोभिड महामारीका माझ हुन गइरहेको राष्ट्रिय सम्मेलनमा स्वास्थ्य सुरक्षाका के कस्ता उपाय अपनाउँदै हुनुहुन्छ ?
    विश्वभर फैलिएको कोभिडले हामीलाई पनि नराम्रोसँग प्रभावित गरेको छ । अहिले स्थिति सहज बन्दै गएको देखिएको छ । कोभिड सङ्क्रमण कम हुँदै गएको छ । अन्य विद्यार्थी सङ्गठनले पनि यही असोजमा सम्मेलन सम्पन्न गरिसकेका छन् । सबै विद्यार्थीहरूले आवश्यकतानुसार मास्क लगाउने कुरा बानी भइसकेको छ । नेपालमा विद्यार्थीलाई कोभिडले केही असर गरेको भए पनि मृत्युसम्म पु¥याएको छैन । जनस्वास्थ्यमा अपनाउनुपर्ने सुरक्षाका उपायहरू अपनाइने छ ।

    कति जिल्लाबाट प्रतिनिधिको उपस्थिति हुने अनुमान गर्नुभएको छ ?
    पार्टीको सङ्गठन भएका सबैजसो जिल्लाबाट विद्यार्थीहरूको प्रतिनिधित्व रहन्छ । सदस्य सङ्ख्याको आधारमा प्रतिनिधि छनौट गर्ने नीति बनाएका छौँ । जिल्ला समिति, आङ्गिक र सामुदायक क्याम्पसबाट, सम्पर्क समितिबाट प्रतिनिधि छनौट गरेर सम्मेलनमा भाग लिने छन् । कोभिडको कारण सबै जिल्लामा भेला र सम्मेलन गर्न सकिएको छैन । भेला र सम्मेलन नगरेका जिल्लाबाट बैठक वा समझदारीका आधारमा प्रतिनिधि बोलाएका छौँ । प्रतिनिधिकै बिचमा उद्घाटन र बन्दसत्र गर्ने योजना बनाएका छौँ ।

    राष्ट्रिय सम्मेलन कसरी सम्पन्न गर्दै हुनुहुन्छ ? कार्यतालिका के कस्ता छन् ?
    हामीले २०७८ असोज २२ गते रुपन्देहीको बुटवलमा उद्घाटन गर्ने छौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा नेकपा (मसाल) निकट सबै जनवर्गीय सङ्गठनका अध्यक्षलाई निमन्त्रणा गरेका छौँ । देशमा क्रियाशील विद्यार्थी सङ्गठनलाई पनि शुभकामनाका लागि निमन्त्रणा गरेका छौँ ।असोज २३ र २४ गते बन्दसत्र र समापनका सम्पूर्ण कार्यक्रम हुने छन् । अध्यक्षको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, त्यस्तै विधान संशोधन, आर्थिक प्रतिवेदन, विशेष प्रस्ताव र आगामी कार्यक्रम प्रस्तुत गरिने छ । ती सबै प्रस्तावमाथि बन्दसत्रमा छलफल गरेर असोज २४ गते सम्मेलन सम्पन्न गर्ने कार्यतालिका बनाएका छौँ ।

    विद्यार्थी सङ्गठन राजनीतिक पार्टीमा नयाँ सदस्य भर्ना गर्ने मुख्य ढोका मानिन्छ । नयाँ पिँढीलाई आकर्षण गर्ने तपाईंहरूका के कस्ता योजना छन् ?
    विद्यार्थी सङ्गठन राजनीतिक पार्टीको महत्तवपूर्ण भ्रातृ सङ्गठन हो । विद्यार्थीको मूल एजेन्डा शिक्षा, स्वास्थ्य र जनताका आधारभूत अधिकारको बारेमा सचेत गराउँदै सङ्गठित र आन्दोलित गर्ने हो । विद्यार्थीहरूलाई अखिल (छैठौँ) मा सङ्गठित गर्ने, समितिमा राख्ने, जिम्मेवारी दिने र ती जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने साथीहरूलाई थप जिम्मेवारी दिँदै सक्रिय बनाउने प्रयत्न गरिरहेका छौँ । हामीले विद्यार्थीहरूलाई सङ्गठित गरेर पार्टीको दर्शन, राजनीति तथा कार्यक्रमको बारेमा प्रशिक्षण गर्ने गर्दछौँ ।

    विद्यार्थीलाई सङ्गठनमा आकर्षित गर्नका लागि सङ्गठनका दर्शन, राजनीति, उद्देश्य र कतिपय उनीहरूको रुचिअनुसारका विषयमा पनि प्रशिक्षण सञ्चालन गर्ने, राष्ट्र र राष्ट्रियताका विषयमा सचेत बनाउने, गलत शिक्षानीतिको बारेमा जानकारी दिने, मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारका विरुद्धमा सचेत गराउने, देशमा रहेको पछौटेपन, अन्धविश्वास, विकृति र विसङ्गतिका विरुद्धमा सचेत गराउने कार्यक्रम लिएर विद्यार्थीहरूसम्म पुग्ने प्रयत्न गरिरहेका छौँ ।

    विद्यार्थी आन्दोलनको अहिलेका मुख्य समस्याहरू के के हुन् ?
    विद्यार्थीहरूमा बढ्दै गएको विचारविहीनता नै अहिलेको मुख्य समस्या हो । पुँजीपति, निजी शिक्षाका मालिकले विद्यार्थीलाई राजनीतिबाट विमुख बनाउने प्रयत्न गरिरहेका छन् । लागु औषधका माफियाले विद्यार्थीलाई कुलतमा फसाइरहेका छन् । सत्ताधारी विद्यार्थी सङ्गठनमा देखिएका भ्रष्ट चरित्र, विकृति र विसङ्गतिले पनि विद्यार्थीहरूलाई राजनीतिक गतिविधिमा सामेल गराउन समस्या पैदा भएका छन् ।
    विद्यार्थीहरूले सामाजिक कार्यमा भाग लिन छाड्दै गएका छन् । यसले उनीहरूलाई एकाङ्की बनाउँदै लगेको छ । उनीहरू देश र समाजप्रति चासो नराख्ने खतरा देखिएको छ । सामाजिक सन्जालमा देखिने गलत प्रचारले पनि विद्यार्थीलाई प्रभावित बनाएको छ ।

    संयुक्त विद्यार्थी आन्दोलन कहाँ पुग्यो ? नेकपा (एमाले) को विद्यार्थी सङ्गठनसित तपाईंहरूको सम्बन्ध कस्तो छ ?
    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि अखिल (छैठौँ) सहित नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले संयुक्त आन्दोलन सञ्चालन गरेका थियौँ । संसद् विघटनका विरुद्ध सुरु भएको संयुक्त आन्दोलन महङ्गी, भ्रष्टाचारका विरुद्धमा पनि केन्द्रित ग¥यौँ । विद्यार्थीहरूलाई खोपको व्यवस्था गरेर परीक्षा गर्ने वातावरण तयार गर्न सङ्घर्ष भयो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) को विरोधमा अखिल (छैठौँ) मात्रै थियो । अब एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) पनि एमसिसीको विरोधमा आउने परिस्थिति निर्माण भएको छ । दार्चुलाका जयसिंह धामीलाई भारतीय सशस्त्र प्रहरीले महाकालीको तुइन काटेर हत्या गरे । त्यसको विरुद्धमा पनि हामीले सङ्घर्ष ग¥यौँ ।

    एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुसँग अहिले संयुक्त आन्दोलन गर्ने वातावरण बनेको छैन । विगतमा हामीले उनीहरूसँग मिलेर संयुक्त आन्दोलन गरेका थियौँ । विद्यार्थीका साझा मुद्दाहरूमा सङ्घर्ष गर्ने नीति कायम छ । हामीले गणतन्त्र पक्षधर सबै विद्यार्र्थी सङ्गठनसँग संयुक्त आन्दोलन गर्ने नीति लिएका छौँ । तात्कालिक एजेन्डा नमिलेको अवस्थामा कोही सङ्गठन बाहिर रहन सक्दछन् । एमालेनिकट अनेरास्ववियु संसद् विघटनको पक्षमा देखिएको हुनाले अहिले उनीहरूसँग कार्यगत एकताको अवस्था सिर्जना हुन नसकेको हो ।

    सम्मेलनको तयारी चलिरहेकै बेला तपाईंहरूको महासचिवले सङ्गठन नै परित्याग गर्नुभयो । यसले तपाईंहरूको सङ्गठनलाई कत्तिको प्रभाव पारेको छ ?
    युनियनका महासचिवले सङ्गठन परित्याग गरेको भनिएको छैन । पार्टीको फुटपरस्त गतिविधिमा लागेको हुनाले उहाँ आफै अलग हुनुभएको हो । सङ्गठनले दिएका सबै जिम्मेवारीलाई परित्याग गरेर, राष्ट्रिय सम्मेलनसम्बन्धी दिइएका काम छोडेर हिँडेपछि हामीले उहाँलाई व्यावहारिक रूपमा सङ्गठनका जिम्मेवारीबाट हटायौँ । फुटपरस्त गतिविधिमा सामेल भएपछि उहाँसँग कुनै सम्पर्क छैन । फुटपरस्त गतिविधिमा लाग्नुभन्दा अगाडिदेखि उहाँ आफै निस्कृय हुँदै गएको हुनाले सङ्गठनमा खासै फरक परेको छैन । निस्कृय भएको व्यक्ति दुईचार दिन सामाजिक सन्जालमा चर्चामा आउनका लागि फुटपरस्त गतिविधिमा लागेको जस्तो देखिन्छ । उहाँले फुटपरस्त गतिविधि त्यागेर सङ्गठनमा काम गर्ने इच्छा व्यक्त गरेमा फेरि सामेल भएर काम गर्ने वातावरण बन्न सक्छ । त्यो उहाँमै भर पर्छ । हामीले उहाँप्रति कुनै आग्रह वा पूर्वाग्रह राखेका छैनौँ ।

    तपाईंहरूको माउपार्टीले सरकारलाई समर्थन गरिरहेको छ तर सामाजिक सन्जालमा तपाईंको कतिपय पोस्टमा सरकारसमेतको विरोध गरेको देखिन्छ । यसो गर्दा आम जनतामा भ्रम पर्दैन र ?
    विद्यार्थी सङ्गठन सधैँभरि प्रतीपक्षी आन्दोलनको प्रतिनिधि हो । हामीले कहिल्यै पनि कुनै पनि सरकारको ताबेदारी गरेका छैनौँ र गर्दैनौँ पनि । कुनै सरकारले कतिपय राम्रा कामहरू गरेको छ भने ती कामको समर्थन गर्दछौँ† जस्तै– केपी ओलीको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर नक्सा जारी गर्दा समर्थन गरेका थियौँ । हामीले सरकारका गलत क्रियाकलापको समर्थन गर्न सक्दैनौँ । हामीले समर्थन गर्ने पार्टी नेकपा (मसाल) ले पनि सरकारका गलत क्रियाकलापको विरोध र भण्डाफोर गर्ने नीति लिएको छ । सरकारकाले लिएका गलत नीति र राष्ट्रघाती प्रवृत्तिको खुलेर विरोध गर्नुपपर्दछ र गरिरहेका छौँ ।

    मैले पार्टीको नीतिसँग फरक हुने गरी विचार प्रकट गर्ने गरेको छैन । कतिपय साथीहरूले ठिक र बेठिक छुट्याउन नसकेर पार्टीले सरकारलाई समर्थन गरेको कारण हामीले सरकारको विरोध गर्नु हुँदैन भन्ने धारणा राखेको पाइन्छ । कुरा त्यस्तो होइन, हाम्रो पार्टीले सरकारका गलत क्रियाकलापको विरोध गर्ने नीति लिएको छ ।

    तपाईंले अखिल (छैठौं) को इतिहास नै लेख्नुभएको छ । इतिहासको अध्ययनबाट कस्तो निष्कर्ष निकाल्नुभएको छ ?
    मैले धेरै समयपहिले अखिल (छैठौँ) को इतिहास लेख्ने योजना बनाएको थिएँ । लेखनका लागि विभिन्न सामग्रीहरू सङ्कलन गर्दै गएको थिएँ । समयाभावको कारण लेख्न सकेको थिइनँ । कोरोनाको कारण लकडाउन भएपछि सङ्गठनका काम हुन सकेनन् । त्यसै अवधिमा अखिल (छैठौँ) को इतिहासको अध्ययन र लेखन कार्यलाई अगाडि बढाएँ । इतिहासमा मैले सकेसम्म निष्पक्षता अपनाउन खोजेको छु । घटनाक्रमहरू जस्तो ढङ्गले विकसित भएका थिए, त्यही ढङ्गले लिपिबद्ध गर्ने प्रयत्न गरेको छु । इतिहासलाई न्याय गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ लेख्ने प्रयत्न गरेको छु ।

    अखिल (छैठौँ) को इतिहास लेख्दा मेरा केही अनुभव छन् । हाम्रो (छैठौँ) धाराले इतिहासका सामग्रीलाई व्यवस्थित गरेर राख्न सकेको रहेनछ । अखिल (छैठौँ) का धेरै नेताहरूसँग कुनै पनि लिखित सामग्री थिएनन् । सङ्घर्षमा भएका घटनाक्रमलाई लिपिबद्ध नगरिएका कारण धेरै समस्या भोग्नुप¥यो । कतिपय व्यक्तित्वले सही सूचना दिन सक्नुभएन । सूचनाको रुजु गर्नका लागि पनि समय लाग्यो । मैले लामो समय लगाएर जेजति सामग्री सङ्कलन गर्न सकेँ, इतिहासमा भएका मत्तवपूर्ण घटनाक्रमलाई पुस्तकमा समेट्ने प्रयत्न गरेको छु ।

    अखिल (छैठौँ) को इतिहास खालि विद्यार्थी आन्दोलनसँग मात्रै नभएर राजनीतिक आन्दोलनसँग जोडेर लेख्ने प्रयत्न गरेको छु । मैले लेखिसकेपछि त्यसबेलाका अध्यक्षलाई सामग्री उपलब्ध गराएर रुजु पनि गरेको थिएँ । त्यसैले कम भन्दा कम त्रुटि होस् भन्ने मेरो उद्देश्य थियो । सबै अध्यक्षहरूले आफू अध्यक्ष हुँदाका घटनाक्रम रुजु गरेर सहयोग गर्नुभएको छ । विमोचन कार्यक्रममा पनि उहाँहरूले राम्रा र सकारात्मक धारणा राख्नुभयो । त्यसले लेखनप्रति मेरो आत्मबल बढाएको छ ।

    अन्तमा, युगदर्शनमार्फत प्रसारण गर्नुपर्ने केही विषय छन् कि ?
    – युगदर्शन सङ्कटमा जन्मिएको पत्रिका हो । हामीले हाँक साप्ताहिलाई झन्डै चार दशकसम्म फलायौँ, फुलायौँ, स्थापित गरायौँ । मैले पनि हाँक साप्ताहिकमा पूर्णकालीन रूपमा ७ वर्ष विताएको छु । पत्रकारिता मेरो निकै रुचिको विषय हो । मलाई अहिले पनि आफू पत्रकार नै हुँ जस्तो महसुस हुन्छ । शाही शासनको सङ्कटको समयमा हामीले हाँक साप्ताहिकलाई अगाडि बढाएका थियौँ । केही साथीहरूको लहडको कारण हाँक हामीबाट खोसिएको छ । हाँक साप्ताहिकका प्रकाशक÷सम्पादक गोविन्दबहादुर थापाको निर्णयप्रति मेरो चित्त बुझेको छैन । उहाँले हाँक साप्ताहिकलाई फिर्ता गर्नुपर्छ भन्ने मेरो धारणा विगतदेखि नै सार्वजनिक गर्दै आएको छु ।

    युगदर्शन साप्ताहिकले अनलाइनलाई व्यवस्थित बनाएको छ । प्रिन्ट संस्करणलाई अझै परिस्कृत बनाउँदै लैजानुपर्ने आवश्यकता छ । नयाँ सोचका साथ युगदर्शन अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
    (प्रस्तुति : प्रकाश थापामगर)

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.