• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘राष्ट्रिय सम्मेलनमा उत्साहजनक सहभागिता रहन्छ’ (अन्तर्वार्ता)


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • देवेन्द्र कुँवर, उपाध्यक्ष, अखिल (छैठौं)

    Advertisement

    अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलनको तयारीबारे केही बताइदिनुस् न ।
    असोज २२ देखि २४ गतेसम्म हामी रूपन्देहीको बुटवलमा बाइसौँ राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौँ । सम्मेलनको तयारी द्रुत र अन्तिम अवस्थामा पुगेको छ । ‘राष्ट्रियताको रक्षा र मौलिक अधिकारको लागि हाम्रो आन्दोलन, वैज्ञानिक र जनवादी शिक्षाका लागि बाइसौँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सङ्गठनका जिल्ला सम्मेलन र भेला सम्पन्न भइसकेका छन् । जिल्लाबाट आउने प्रतिनिधि र पर्यवेक्षकहरूको छनोट प्रक्रिया चलिरहेको छ । कैयौँ जिल्लाले प्रतिनिधि र पर्यवेक्षक नाम टुङ्ग्याइसकेका छन् भने बाँकी जिल्लाले पनि टुङ्ग्याउने प्रक्रियामा छन् । सम्मेलन स्थल बुटवलमा हल व्यवस्थापन, आवास र अतिथि व्यवस्थापनसँगै सम्पूर्ण व्यवस्थापन भइसकेको छ ।

    कोभिड महामारीका माझ सम्मेलन हुन गइरहेको छ । स्वास्थ्य सुरक्षाका के कस्ता उपाय अपनाउँदै हुनुहुन्छ ?
    विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले विश्वलाई नै त्राही त्राही पारिरहेको यस कठिन परिस्थितिमा हामीले सम्मेलन सम्पन्न गर्न गईरहेका छौँ । सम्मेलनको उद्घाटन हजारौँ विद्यार्थीको साथमा जुलुससहित खुला मैदानमा गर्नुपर्ने थियो । तर यही परिस्थितिलाई मध्यनजर गरी हामीले बन्दहलमा प्रतिनिधिको बिचमा मात्र सम्मेलन सम्पन्न गर्न गइरहेका छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै यो सम्मेलन सम्पन्न गर्दै छौँ ।

    सम्मेलनमा कति जिल्लाबाट कति सङ्ख्याामा प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति हुने अवस्था छ ?
    बाइसौँ राष्ट्रिय सम्मेलनमा करिब ६५ भन्दा बढी जिल्लाबाट ३०० भन्दा बढी प्रतिनिधि, पर्यवेक्षकरूको सहभागिता हुने छ ।

    राष्ट्रिय सम्मेलनको कार्यतालिका कसरी निश्चित गर्नुभएको छ ?
    असोज २२ गते हामीले सम्मेलनको उद्घाटन गर्ने छौँ । उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ । अन्य विद्यार्थी सङ्गठनका अध्यक्ष वा प्रतिनिधिलगायत हाम्रो पार्टी निकट विभिन्न जनवर्गीय मोर्चाका अध्यक्ष वा प्रतिनिधिहरूको पनि आतिथ्यता रहने छ । असोज २३ बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा समग्र रिपोर्टिङ, राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ । प्रतिनिधि र पर्यवेक्षक सामूहिक छलफलसहित प्रतिवेदन पास गर्ने छौँ । असोज २४ गते साँझसम्म नयाँ नेतृत्वसहित सम्मेलन समापन गर्ने योजना रहेको छ ।

    नेपालको वामपन्थी आन्दोलनमा विद्यार्थी सङ्गठन राजनीतिक पार्टीमा नयाँ सदस्य भर्ना गर्ने मुख्य ढोका मानिन्छ । नयाँ पिँढीलाई आकर्षण गर्ने अखिल (छैठौं) का के कस्ता योजना बनाउनुभएको छ ?
    अवश्य हो । नयाँ विद्यार्थीहरूलाई विद्यार्थी सङ्गठनमा आबद्ध गर्न सकियो भने राजनीतिक पार्टीमा नयाँ सदस्यको भर्ना सजिलो हुन्छ तर पुँजीवादी व्यवस्थाको विकाससँगै विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने सोचको विकास गराइँदै छ । अर्कोतिर, हामीले विद्यार्थीहरूलाई राजनीतिमा सहभागी गराउनुपर्ने वस्तुगत आवश्यकता छ । हामीले के बुझेका छौँ भने पुँजीवादी व्यवस्था जति व्यवस्थित बन्दै जान्छ, त्यति नै विद्यार्थी राजनीतिबाट टाढा बन्नुपर्छ भन्ने सोचको विकास गराउने यो व्यवस्था को काम हो । हामीले यसलाई चिरेर समाज रूपान्तरणका लागि नयाँ जनवादी व्यवस्था स्थापनाका लागि विद्यार्थीलाई राजनीति सिकाउनुपर्ने छ । त्यसका लागि हामी जीवन, जगत् के हो र हाम्रो भूमिका के हो भन्ने कुरा सिकाउन सकियो भने मलाई लाग्छ, विद्यार्थीलाई सङ्गठनमा आबद्ध गराउन गाह्रो पर्दैन ।

    वर्तमान विद्यार्थी आन्दोलनको मुख्य समस्याहरू के कस्ता देख्नुहुन्छ ?
    अवश्य पनि विद्यार्थी आन्दोलनमा वैचारिक समस्या छन् । राजनीतिक पार्टीका गतिविधिले समस्या पारिरहेका छन् । २०६२–६३ सालभन्दा अगाडि सत्ताको बागडोर कुनै एउटा व्यक्तिको हातमा थियो । अनि, हामीलाई आन्दोलन र विरोध गर्न सजिलो थियो तर त्यसपछि राजनीतिक पार्टीको हातमा सत्ता परेपछि त्यसको प्रभाव विद्यार्थी आन्दोलनमा पनि परेको छ । जुन पाटी सत्तामा जान्छ, त्यो आस्थासँग नजिक रहने विद्यार्थी सङ्गठन सत्तापक्ष बन्छरु। यसरी पहिलेको प्रतिपक्षी सङ्गठन सत्तापक्ष बन्ने गरेको छ । यो एउटा समस्या हो । सामान्यतः विद्यार्थी सङ्गठनले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले पनि शैक्षिक क्षेत्रलगायतका विविध क्षेत्रमा समस्या छन्रु। सङ्गठनको यही समस्याको कारण संयुक्त विद्यार्थी आन्दोलन जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी अगाडि बढ्न सकेको छैन ।

    संयुक्त विद्यार्थी आन्दोलनको अहिलेको अवस्था कस्तो छ ? नेकपा (एमाले) को विद्यार्थी सङ्गठनसित तपाईंहरूको सम्बन्ध कस्तो छ ?
    आन्दोलन विविध विषयलाई समेटेर अगाडि बढिरहेको छ । केपी ओलीले गरेको प्रतिगामी कदमलाई पनि आन्दोलनबाट नै परास्त गरेका छौँ । हत्या, हिंसा देशमा बढ्दै गइरहेको छरु। बलात्कार जस्ता जघन्य अपराधका विरुद्ध पनि एकल वा संयुक्त रूपमा हामीले आन्दोलन गरेका छौँरु। राष्ट्रघाती एमसिसी विरुद्ध पनि हामीले आन्दोलन गरिरहेका छौँ ।

    एमाले निकट विद्यार्थी सङ्गठनलाई हामीले सैद्धान्तिक रूपमा ढुलमुले, अवसरवादी सङ्गठनको रूपमा हेरिरहेका छौँ । पछिल्लो समयमा केपी ओलीले संसद विघटन गरेपछि त्यो सङ्गठनले त्यसको पक्षमा वकालत ग¥यो र प्रतिगामी कदमलाई सहयोग ग¥यो । हामीले संसद् विघटनको विरोध ग¥यौँ । संसद् पुनःस्थापनाको माग गर्दै आन्दोलन गरियो र पुनःस्थापना गर्न सफल भयौँ । त्यसपछि हामीले उनीहरूसित हालसम्म संयुक्त कार्यक्रम नगरिरहेको अवस्था छ ।

    तपाईंहरूले महासचिवले सम्मेलनको सङ्घारमा सङ्गठन नै परित्याग गर्नुभयो । यसले तपाईंहरूको सङ्गठनलाई केही प्रभाव पारेको छ र ?
    वैचारिक रूपमा स्खलित भइसकेपछि पद छोड्ने कुरा वा सङ्गठन परित्याग गर्ने कुरा ठुलो होइन । वैचारिक, राजनीति तथा साङ्गठनिक क्रियाकलापबाट नेता उत्पादन हुने गर्छन् । पद मुख्य होइन, मुख्य विचार र दृष्टिकोण हो ।

    सम्मेलनको पूर्वसन्ध्यामा उहाँकै प्रदेश जिल्लामा सम्मेलन भेला भइरहेका छन् । त्यही प्रदेशबाट पनि सम्मेलनमा सयौँको सङ्ख्यामा प्रतिनिधि पर्यवेक्षक सहभागी हुने छन्रु। त्यसले पनि के पुुष्टि गर्छ भने उहाँले सङ्गठन परित्याग गर्दैमा कुन प्रभाव परेको छैन ।

    अन्तमा, युगदर्शनमार्फत भन्नुपर्ने केही छन् कि ?
    सम्मेलनको बारेमा जानकारी दिने मौका दिनुभएकोमा सङ्गठनको तर्फबाट यहाँलाई र युगदर्शनलाई धन्यवाद । सम्मेलन सफल पार्नका लागि सहयोग गर्नुहुने सबै तह र तप्कालाई धन्यवाद दिन चाहन्छौँ ।
    (अन्तर्वार्ताः प्रकाश थापा)

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.