देवेन्द्र कुँवर, उपाध्यक्ष, अखिल (छैठौं)
अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलनको तयारीबारे केही बताइदिनुस् न ।
असोज २२ देखि २४ गतेसम्म हामी रूपन्देहीको बुटवलमा बाइसौँ राष्ट्रिय सम्मेलन गर्न गइरहेका छौँ । सम्मेलनको तयारी द्रुत र अन्तिम अवस्थामा पुगेको छ । ‘राष्ट्रियताको रक्षा र मौलिक अधिकारको लागि हाम्रो आन्दोलन, वैज्ञानिक र जनवादी शिक्षाका लागि बाइसौँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ सम्पन्न हुन गइरहेको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सङ्गठनका जिल्ला सम्मेलन र भेला सम्पन्न भइसकेका छन् । जिल्लाबाट आउने प्रतिनिधि र पर्यवेक्षकहरूको छनोट प्रक्रिया चलिरहेको छ । कैयौँ जिल्लाले प्रतिनिधि र पर्यवेक्षक नाम टुङ्ग्याइसकेका छन् भने बाँकी जिल्लाले पनि टुङ्ग्याउने प्रक्रियामा छन् । सम्मेलन स्थल बुटवलमा हल व्यवस्थापन, आवास र अतिथि व्यवस्थापनसँगै सम्पूर्ण व्यवस्थापन भइसकेको छ ।
कोभिड महामारीका माझ सम्मेलन हुन गइरहेको छ । स्वास्थ्य सुरक्षाका के कस्ता उपाय अपनाउँदै हुनुहुन्छ ?
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले विश्वलाई नै त्राही त्राही पारिरहेको यस कठिन परिस्थितिमा हामीले सम्मेलन सम्पन्न गर्न गईरहेका छौँ । सम्मेलनको उद्घाटन हजारौँ विद्यार्थीको साथमा जुलुससहित खुला मैदानमा गर्नुपर्ने थियो । तर यही परिस्थितिलाई मध्यनजर गरी हामीले बन्दहलमा प्रतिनिधिको बिचमा मात्र सम्मेलन सम्पन्न गर्न गइरहेका छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै यो सम्मेलन सम्पन्न गर्दै छौँ ।
सम्मेलनमा कति जिल्लाबाट कति सङ्ख्याामा प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति हुने अवस्था छ ?
बाइसौँ राष्ट्रिय सम्मेलनमा करिब ६५ भन्दा बढी जिल्लाबाट ३०० भन्दा बढी प्रतिनिधि, पर्यवेक्षकरूको सहभागिता हुने छ ।
राष्ट्रिय सम्मेलनको कार्यतालिका कसरी निश्चित गर्नुभएको छ ?
असोज २२ गते हामीले सम्मेलनको उद्घाटन गर्ने छौँ । उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ । अन्य विद्यार्थी सङ्गठनका अध्यक्ष वा प्रतिनिधिलगायत हाम्रो पार्टी निकट विभिन्न जनवर्गीय मोर्चाका अध्यक्ष वा प्रतिनिधिहरूको पनि आतिथ्यता रहने छ । असोज २३ बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा समग्र रिपोर्टिङ, राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ । प्रतिनिधि र पर्यवेक्षक सामूहिक छलफलसहित प्रतिवेदन पास गर्ने छौँ । असोज २४ गते साँझसम्म नयाँ नेतृत्वसहित सम्मेलन समापन गर्ने योजना रहेको छ ।
नेपालको वामपन्थी आन्दोलनमा विद्यार्थी सङ्गठन राजनीतिक पार्टीमा नयाँ सदस्य भर्ना गर्ने मुख्य ढोका मानिन्छ । नयाँ पिँढीलाई आकर्षण गर्ने अखिल (छैठौं) का के कस्ता योजना बनाउनुभएको छ ?
अवश्य हो । नयाँ विद्यार्थीहरूलाई विद्यार्थी सङ्गठनमा आबद्ध गर्न सकियो भने राजनीतिक पार्टीमा नयाँ सदस्यको भर्ना सजिलो हुन्छ तर पुँजीवादी व्यवस्थाको विकाससँगै विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने सोचको विकास गराइँदै छ । अर्कोतिर, हामीले विद्यार्थीहरूलाई राजनीतिमा सहभागी गराउनुपर्ने वस्तुगत आवश्यकता छ । हामीले के बुझेका छौँ भने पुँजीवादी व्यवस्था जति व्यवस्थित बन्दै जान्छ, त्यति नै विद्यार्थी राजनीतिबाट टाढा बन्नुपर्छ भन्ने सोचको विकास गराउने यो व्यवस्था को काम हो । हामीले यसलाई चिरेर समाज रूपान्तरणका लागि नयाँ जनवादी व्यवस्था स्थापनाका लागि विद्यार्थीलाई राजनीति सिकाउनुपर्ने छ । त्यसका लागि हामी जीवन, जगत् के हो र हाम्रो भूमिका के हो भन्ने कुरा सिकाउन सकियो भने मलाई लाग्छ, विद्यार्थीलाई सङ्गठनमा आबद्ध गराउन गाह्रो पर्दैन ।
वर्तमान विद्यार्थी आन्दोलनको मुख्य समस्याहरू के कस्ता देख्नुहुन्छ ?
अवश्य पनि विद्यार्थी आन्दोलनमा वैचारिक समस्या छन् । राजनीतिक पार्टीका गतिविधिले समस्या पारिरहेका छन् । २०६२–६३ सालभन्दा अगाडि सत्ताको बागडोर कुनै एउटा व्यक्तिको हातमा थियो । अनि, हामीलाई आन्दोलन र विरोध गर्न सजिलो थियो तर त्यसपछि राजनीतिक पार्टीको हातमा सत्ता परेपछि त्यसको प्रभाव विद्यार्थी आन्दोलनमा पनि परेको छ । जुन पाटी सत्तामा जान्छ, त्यो आस्थासँग नजिक रहने विद्यार्थी सङ्गठन सत्तापक्ष बन्छरु। यसरी पहिलेको प्रतिपक्षी सङ्गठन सत्तापक्ष बन्ने गरेको छ । यो एउटा समस्या हो । सामान्यतः विद्यार्थी सङ्गठनले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले पनि शैक्षिक क्षेत्रलगायतका विविध क्षेत्रमा समस्या छन्रु। सङ्गठनको यही समस्याको कारण संयुक्त विद्यार्थी आन्दोलन जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी अगाडि बढ्न सकेको छैन ।
संयुक्त विद्यार्थी आन्दोलनको अहिलेको अवस्था कस्तो छ ? नेकपा (एमाले) को विद्यार्थी सङ्गठनसित तपाईंहरूको सम्बन्ध कस्तो छ ?
आन्दोलन विविध विषयलाई समेटेर अगाडि बढिरहेको छ । केपी ओलीले गरेको प्रतिगामी कदमलाई पनि आन्दोलनबाट नै परास्त गरेका छौँ । हत्या, हिंसा देशमा बढ्दै गइरहेको छरु। बलात्कार जस्ता जघन्य अपराधका विरुद्ध पनि एकल वा संयुक्त रूपमा हामीले आन्दोलन गरेका छौँरु। राष्ट्रघाती एमसिसी विरुद्ध पनि हामीले आन्दोलन गरिरहेका छौँ ।
एमाले निकट विद्यार्थी सङ्गठनलाई हामीले सैद्धान्तिक रूपमा ढुलमुले, अवसरवादी सङ्गठनको रूपमा हेरिरहेका छौँ । पछिल्लो समयमा केपी ओलीले संसद विघटन गरेपछि त्यो सङ्गठनले त्यसको पक्षमा वकालत ग¥यो र प्रतिगामी कदमलाई सहयोग ग¥यो । हामीले संसद् विघटनको विरोध ग¥यौँ । संसद् पुनःस्थापनाको माग गर्दै आन्दोलन गरियो र पुनःस्थापना गर्न सफल भयौँ । त्यसपछि हामीले उनीहरूसित हालसम्म संयुक्त कार्यक्रम नगरिरहेको अवस्था छ ।
तपाईंहरूले महासचिवले सम्मेलनको सङ्घारमा सङ्गठन नै परित्याग गर्नुभयो । यसले तपाईंहरूको सङ्गठनलाई केही प्रभाव पारेको छ र ?
वैचारिक रूपमा स्खलित भइसकेपछि पद छोड्ने कुरा वा सङ्गठन परित्याग गर्ने कुरा ठुलो होइन । वैचारिक, राजनीति तथा साङ्गठनिक क्रियाकलापबाट नेता उत्पादन हुने गर्छन् । पद मुख्य होइन, मुख्य विचार र दृष्टिकोण हो ।
सम्मेलनको पूर्वसन्ध्यामा उहाँकै प्रदेश जिल्लामा सम्मेलन भेला भइरहेका छन् । त्यही प्रदेशबाट पनि सम्मेलनमा सयौँको सङ्ख्यामा प्रतिनिधि पर्यवेक्षक सहभागी हुने छन्रु। त्यसले पनि के पुुष्टि गर्छ भने उहाँले सङ्गठन परित्याग गर्दैमा कुन प्रभाव परेको छैन ।
अन्तमा, युगदर्शनमार्फत भन्नुपर्ने केही छन् कि ?
सम्मेलनको बारेमा जानकारी दिने मौका दिनुभएकोमा सङ्गठनको तर्फबाट यहाँलाई र युगदर्शनलाई धन्यवाद । सम्मेलन सफल पार्नका लागि सहयोग गर्नुहुने सबै तह र तप्कालाई धन्यवाद दिन चाहन्छौँ ।
(अन्तर्वार्ताः प्रकाश थापा)