साना । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अरेबियाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरू जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ ।
Advertisement
त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रवासी मारिएको बताइएको छ । गत अक्टोबर १, २०२१ का दिन यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।
सीमामा पर्ने सो उपत्यकाबाट उनीहरू साउदी अरेबिया जान खोज्दै थिए । त्यस क्रममा अरू २१ जना घाइते भएका बताइएको छ । घाइतेलाई यमनी अस्पतालमा पु¥याइएको छ ।
उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासी र प्रहरीका बिचमा केही दिनयता भिडन्त हुने गरेका पनि बताइएको छ । (रासस/सिन्ह्वा)





