बेइजिङ । कोरोना विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी देखिएको छ ।
Advertisement
चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् ।
सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।
खोप उत्पादक कम्पनी क्लोभरको आधिकारिक वेबसाइटमा ३० हजारभन्दा बढी वयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ ।
परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जियम गरी पाँच देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ । (रासस/सिन्हवा)