न्युयोर्क । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गर्नुभएको छ ।
Advertisement
उहाँले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकाले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कूको प्रयास नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकाले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमण कालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धतामा इमान्दार रहन यहाँका सबै राजनीतिक पार्टीलाई आग्रह गर्नुभएको छ । (रासस/सिन्ह्वा)