सोल । उत्तर कोरियाले बुधबार दिउसो दुईओटा क्षेप्यास्त्र परीक्षण गरेको छ । देशको पूर्वी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीले जानकारी दिएका छन् ।
Advertisement
उत्तर कोरियाको मध्यभागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ ।
दक्षिण कोरियाको समाचार संस्था योन्हापले श्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरण मात्रै उल्लेख छन् ।
अमेरिकी गुप्तचर निकायका अधिकारीले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना सङ्कलन भइरहेको जनाएका छन् । (रासस/एएनआई)