साओपाओलो । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै सेप्टेम्बर १४५, २०२१ का दिन भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ ।
Advertisement
मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरू पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरू सबै जना एकै परिवारका रहेका बताइएको छ ।
सो जहाल साओपाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिण–पश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)