इस्लामावाद । पाकिस्तानमा भिषण वर्षा हुँदा कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको हो ।
Advertisement
गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरूले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेको जनाइएको छ । उद्धारको काममा खटेका यहाँका अधिकारीहरूले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् ।
एकै ठाउँमा निकै ठुलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने केही घाइते भएकालाई अस्पताल भर्ना गरिएको बताइएको छ । (रासस/सिन्ह्वा)





