रियाद । यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ ।
Advertisement
यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरू सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाई बसेका थिए । सोही सूचनाको आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाइ कारबाही गरेको थियो । कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो ।
त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो । आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशङ्का गरिएको छ । तर सो समाचारको स्वतन्त्र पुष्टि भने भएको छैन । मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)





