काबुल । अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेपछि त्यहाँ जागिर अभावको भय व्याप्त हुने आशङ्का गरिएको छ ।
परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवा बन्द हुने अवस्थामा पुगेको भन्दै यस्तो भय व्याप्त भएको हो ।
त्यहाँ अन्तर्राष्ट्रिय सहायता कटौती हुँदै गएको तथा बाह्य सहयातामा निर्भर गतिविधिसमेत बन्द हुँदै जाँदा खासगरी महिलाहरू थप प्रताडित हुने अवस्थाको देखिएको छ ।
अफगानिस्तानमा कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउनुपर्ने र कामको सिलसिलामा पुरुष सहकर्मीबाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्ने जस्ता समस्या देखिन थालेका छन् । खासगरी महिलाहरू अब तालिबानको अधिनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् ।
अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ† इन्धनको लागत बढेको छ र रोजगारीका अवसर समेत साँघुरिँदै गएका छन् । जटिलता थपिदै गएका छन् । (रासस–एएफपी)