नाइजर । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।
Advertisement
नाइजेरियाको प्रहरीले बुधबार उनीहरूलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खबर प्राप्त छ । ती विद्यार्थीहरू देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् ।
जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरूलाई अपहरण गर्न ठु्लो सङ्ख्यामा लडाकु आएका उल्लेख गरिएको छ ।
बुधबार बिहान काया गाउँबाट उनीहरूलाई अपहरण गरिएको र कता लगे भन्नेबारेमा यकिन हुन नसकेको अधिकारीले जनाएका छन् ।
अपहरित बालबालिका माध्यमिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ । (रासस/सिन्ह्वा)